लघुबीमा कार्यक्रम थप प्राथमिकतामा, गरिबको पहुँचमा पुग्दै बीमा

Jun 03, 2018 Merolagani

बीमाको दायरा फराकिलो बनाउन सरकारले निर्जीवन बीमा कम्पनीहरुले संचालन गर्दै आएको लघु बीमा कार्यक्रमलाई निरन्तरता दिएको छ । सरकारले आर्थिक वर्ष २०७५/७६ को बजेट मार्फत न्युन आय भएका गरिब जनताको जोखिम न्यूनिकरण गर्न र बीमाको पहुँच बिस्तारका लागि लघु बीमालाई प्राथमिकतामा राखेको छ ।

लघु बीमा कार्यक्रममा बीमा कम्पनीले आफ्नो व्यवससायको न्युनतम १० प्रतिशत अनिवार्य लगानी गर्नुपर्ने व्यवस्था बजेटमा गरिएको छ । यस अघि बीमा कम्पनीहरुलाई ५ प्रतिशत मात्रै लघुबीमा जारी गर्दै आएको थिए । न्यून आम्दानी रहेका जनतामा समेत बीमाको पहुँच पुगोस भनेर सरकारले गतबर्षै देखिनै लघुबीमे योजना अघि सारेको थियो ।

लघुबीमा निर्देशिकामा के छ ?

लघुबीमा निर्देशिका अनुसार लघुबीमा व्यवसाय भनेको न्युन आय, आर्थिक, सामाजिक तथा भौगोलिक कारणवाट जोखिमोन्मुख वर्गका व्यक्ति तथा समुदायलाई लक्षित गरी जीवन तथा सम्पत्तिको संरक्षण गर्न भन्ने उल्लेख छ । लघु बीमामा न्युनतम ३५ हजार रुपैयाँ देखि अधिकतम २ लाख रुपैयाँसम्मको कुल बीमाङ्क रकम रहने छ ।

यस अन्र्तगत लघु जीवन बीमा व्यवसायमा म्यादी लघु जीवन बीमा, सावधिक लघु जीवन बीमा, आजीवन लघुजीवन बीमा लगायत समितिले तोकेको अन्य लघु जीवन बीमाहरु रहेका छन् ।

यस्तै लघु र्निजीवन बीमा व्यवसाय अन्र्तगत गार्हस्थ लघुबीमा, स्वास्थ्य लघुबीमा, दुर्घटना लघुबीमा, पशु तथा पन्छी लघुबीमा, बाली बीमा र समितिले तोकेको अन्य लघु र्निजीवन बीमा लागु हुने उल्लेख छ ।

एक लाख ५० हजार रुपैंयाँ सम्मको दुर्घटना लघुबीमा एक सय ५० रुपैयाँमा, २ लाख रुपैयाँ सम्मको गार्हस्थ लघु बीमा ५ सय रुपैयाँमा गर्न सकिने व्यवस्था छ । यस्तै एक हजार ४ सय रुपैयामा एक परिवारका ५ जना सदस्यले ३५ हजार रुपैयाँसम्मको स्वास्थ्य लघुबिमा अन्र्तगतका सेवाहरु प्राप्त गर्ने सकिने छ ।

लघुबीमा पुल प्रणाली

कम्पनीहरुले चालु आव देखि नै पूल प्रणाली मार्फत लघुबीमा जारी गर्दै आएका छन् । लघु बीमाको बीमांक रकम थोरै हुने र कम्पनीहरुलाई लक्षित बर्गसम्म पुग्न पनि सहज नहुने भएकाले कम्पनीहरुले सामूहिक रुपमा पुल प्रणाली निर्माण गर्ने निष्कर्षमा पुगेका थिए । लघुबिमा नाफाको व्यवसाय हैन । त्यसैले लघुबिमा जारी गर्दा कुनै पनि एक कम्पनीलाई भार नपरोस भनी पूलको अवधारणा ल्याईएको बीमकहरुको भनाई छ ।

यस कार्यक्रमका लक्षित बर्ग भनेको न्युन आम्दानी हुने नागरिकहरु हुन् । न्युन आम्दानी भएका सबै नागरिक सम्म पुग्न बीमा कम्पनीले अत्याधिक स्रोत र साधनको प्रयोग गर्नु पर्ने हुँदा बढि खर्चिलो बन्न जान्छ । त्यसैले कम्पनीहरुले पूल प्रणालीको अवधारणा अघि सारेका हुन् ।

यस अवधारणा अनुसार एउटा कम्पनीलाई पूल प्रणालीको म्यानेजर तोकिन्छ । जसले लघुबिमा जारी गर्ने र दाबी भुक्तानी गर्ने काम गर्छ । बर्षको अन्त्यमा प्राप्त बीमाशुल्क र दाबी भुक्तानी समान रुपमा सबै कम्पनीलाई वितरण गरिन्छ ।

सोही अनुरुप चालु आर्थिक वर्षको लागि प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीले पूल म्यानेजरका रुपमा काम गरिरहेको छ । अब यो आर्थिक वर्षको अन्यसंगै पुल म्यानेजरको रुपमा नयाँ कम्पनीलाई जिम्मेबारी दिइनेछ ।

लघुबीमाका लागि कम्पनीहरुले अपनाएको पूलको अवधारणा नेपालको लागि नयाँ भने हैन । यस अघि पनि बीमा कम्पनीहरुले आकस्मिक बीमामा पूल प्रणाली मार्फत नै जारी गरेका थिए । तत्कालिन समयमा सरकारको सहभागितामा पूल निर्माण गरीे आकस्मिक बीमा जारी गरिएको थियो ।

यसको लागी सरकारले ५ करोड र कम्पनीहरुले ५ करोड लगानी गरेका थिए । सरकारको सहभागितामा सञ्चालन गरिएको यो पूल प्रणाली सफल भएको मानिन्छ । त्यस्तै, युवा तथा स्वरोजगार बीमामा पनि कम्पनीहरुले पूल प्रणली मार्फत नै गरी रहेका छन् ।

लघुवित्तले जारी गर्दै, लघु बीमा

लघुवित्त बैंकहरुले लघुबीमाका बीमालेख जारी गर्दे आइरहेका छन् । ग्रामिण क्षेत्रमा लघुवित्त बैंकहरुको पहुँच राम्रो भएकाले बीमा कम्पनीहरुले लघुबित्त मार्फत बीमा जारी गर्दै आइरहेको छ । बीमा समितिको नेतृत्व र संक्षम नेपाल (गैह्रसरकारी संस्था)को संयोकत्वमा नेपाल बीमक संघ र नेपाल लघुवित्त बैंकर्स संघ बिच सम्झौता भएर लघु बीमा कार्यक्रम कार्यन्वयन भैरहेका छन् ।

नेपाल बीमक संघका अनुसार चालु आर्थिक बर्षमा लघु बीमा सम्बन्धि लघुवित्त संस्थाका ४९९ जना शाखा प्रमुखहरुलाई तालिम प्रदान गरेको छ । पूल कम्पनीको सहकार्यमा लघुवित्तहरुले बीमालेख जारी गर्ने र दाबी भुक्तानी समेत गर्दै आएका छन् ।

नेपाल बीमक संघका कार्यकारी निर्देशक द्रोण प्रासाद आचार्यले लघुबीमा जनचेतनाका लागि पाठ्यपुस्तक सामाग्रि तथा विभिन्न एफएम रेडियो मार्फत लघुबीमा सम्बन्धि सुचनाहरु प्रशारण गर्दै आइरहेको बताए । हाल सम्म १२५० भन्दा बढि बीमालेखहरु जारी गरेको बीमक संघको तथ्यांक रहेको छ ।

comments powered by Disqus

पूँजीबजारका लगानीकर्ताको आन्दोलन स्थगित

Apr 28, 2024 07:06 AM

आजदेखि शुरु हुने भनिएको पूँजीबजारका लगानीकर्ताहरुको आन्दोलन स्थगित भएको छ। पूँजीबजार सुधार तथा विकासका माग राखि गर्न लागिएको आन्दोलन स्थगित भएको जानकारी पूँजीबजार सुधार संघर्ष समितिका संयोजक उपेन्द्र पाठकले जानकारी दिएका छन्।