नेपाल इन्स्योरेन्सको एक लाख ६१ हजार कित्ता शेयर असार ३ गतेदेखि लिलामीमा

Jun 10, 2018 Merolagani

नेपाल इन्स्योरेन्स कम्पनी(NICL) ले आगामी असार ३ गतेदेखि १ लाख ६१ हजार १२४ कित्ता शेयर लिलामी गर्ने भएको छ । कम्पनीको हकप्रदमा बिक्री नभएको संस्थापक र सर्वसाधारण समूहको शेयर लिलामी गर्ने भएको हो ।

कम्पनीले संस्थापकतर्फ २ हजार १७७ र सर्वसाधारण समूहको १ लाख ५८ हजार ९४६ कित्ता हकप्रद लिलामी गर्न लागेको हो । कम्पनीको बिक्री प्रवन्धक एनआईबीएल एस क्यापिटल लिमिटेडलका अनुसार लिलामी शेयरमा असार ३ देखि १० गते सम्म शिलवन्दी बोलपत्र पेश गर्न सकिनेछ ।

लगानीकर्ताले क्यापिटलका राजधानीका लाजिम्पाट, लालदरबार, लगनखेल शाखाहरु, चिप्लेढुंगा पोखरा, ट्राफिक चोक बुटवल, आदर्शनगर बीरगञ्ज र गोल्छाचोक विराटनगर तथा नेपाल इन्भेष्टमेन्ट बैंकका सुर्खेत, नेपालगञ्ज, नारायणगढ र धनगढी शाखाबाट आवेदन दिन सकिने कम्पनीले जनाएको छ ।

लीलाम बढाबढमा सहभागी हुन चाहनेहरुले साधारणतर्फको शेयरका लागि कम्तिमा १ सय कित्ता र संस्थापकतर्फ कम्तिमा १ हजार कित्ताको आवेदन दिनुपर्ने छ ।

कम्पनीले गत बैशाख ५ देखि जेठ ८ गतेसम्म हकप्रद निष्कासन गरेको थियो ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।