ग्रीन डेभलपमेण्ट बैंकको संस्थापक सेयर लिलामीमा, सर्वसाधारण खरिद गर्न सक्ने

Jun 10, 2018 Merolagani

ग्रीन डेभलपमेण्ट बैंक (GRDBL) ले ३ लाख ३७ हजार ५०० कित्ता संस्थापक सेयर असार ३ गतेदेखि लिलामीमा ल्याउने भएको छ । 

  बैंकले यसअघि जारी गरेको चार सय प्रतिशत हकप्रदमा विक्री नभएको सेयर यसअघि लिलामीमा ल्याएपनि संस्थापकले सबै नकिनेपछि सर्वसाधारणले खरिद गर्न पाउनेगरि लिलामी गर्न लागेको हो । 

लिलामी सेयरमा इच्छुक व्यक्ती तथा संघ संस्थाहरुले बैंकको सेयर बिक्री प्रकन्धक लक्ष्मी क्यापिटल मार्केट नयाँबानेश्वर तथा ग्रीन डेभलपमेण्ट बैंकको हरिशंकररोड, बाग्लुङ्ग कार्यालयबाट असार १० गतेसम्म शिलबन्दी बोलपत्रपेश गर्न सक्नेछन् ।

बोलपत्र पेश गर्दा न्यूनतम एक हजार कित्ता देखि १० अंकले भाग जाने अधिकतम सम्पूर्ण सेयरको लागि बोलपत्र लिन सकिने जनाइएको छ । प्रति सेयर १०० को दरले त्यसभन्दा बढी मूल्यमा माग गर्न सक्नेछन् ।

आइतबार बैंकको प्रति सेयर प्रतिकित्ता १४८ रुपैयाँको हाराहारीमा कारोबार भैरहेको छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।