मञ्जुश्री फाइनान्सले डाक्यो असार २० गते साधारण सभा

Jun 11, 2018 Merolagani

मञ्जुश्री फाइनान्स कम्पनी (MFIL) ले असार २० गते थापागाउँ ब्याङ्ंकेट नयाँ बानेश्वरमा १० बजे दशौं बार्षिक साधारण सभा आह्वान गरेको छ ।

फाइनान्सले बार्षिक साधारण सभा गर्ने प्रयोजनको लागि असार ४ गते देखि सेयरधनी दर्ता किताब बन्द गर्ने भएको छ । यसअनुसार असार ३ गतेसम्म कायम सेयरधनीले बोनस प्राप्त गर्नेछन् ।

फाइनान्स कम्पनीले साधारण सभामा ५.७१ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.३२ प्रतिशत नगद लाभांश बितरण गर्ने प्रस्ताव गरेको छ । यसअनुसार कम्पनीले ४ करोड ३४ लाख ६२ हजार ७१० रुपैयाँको बोनस र २२ लाख ८७ हजार ५११ रुपैयाँको नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

हाल फाइनान्स कम्पनीको ७६ करोड ५ लाख ९७ हजार रुपैयाँ रहेको छ । बोनस पश्चात फाइनान्सको चुक्ता पूँजी ८० करोड पुग्नेछ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।