एनएमबी बैंकको एफपिओको बिक्री खुल्यो, यस्तो छ वित्तीय अवस्था

Jun 13, 2018 Merolagani

एनएमबी बैंक(NMB) ले जेठ ३० गतेदेखि थप सार्वजनिक निष्काशन (एफपिओ) को बिक्री खुला गरेको छ । बैंकले एक करोड १४ लाख १५ हजार १६३ कित्ता एफपिओ बिक्रीमा ल्याएको हो ।

बैंकले एक सय रुपैयाँ अंकित मूल्यमा २३३ रुपैयाँ प्रिमियम थपेर प्रतिकित्ता ३३३ रुपैयाँमा एफपीओ बिक्री गर्न लागेको हो । हाल एननएमबीको दोस्रो बजारमा प्रतिकित्ता ३६७ रुपैयाँ मा कारोबार भईरहेको छ ।

बैंकको एफपिओमा यहि जेठ ३० गतेदेखि असार ३ गतेसम्म आवेदन दिन पाइनेछ । उक्त अवधिमा आवश्यक आवेदन नपरेमा मात्र असार २८ गतेसम्म आवेदन गर्न सकिनेछ ।

लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम ५७ हजार ७० कित्तासम्म आबेदन गर्न सकिने बैंकको शेयर निश्काशन तथा बिक्री प्रबन्धक नागरिक लगानी कोषले जनाएको छ ।

लगानीकर्ताले धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त गरेका सम्पूर्ण सि–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन पाइनेछ । मेरो शेयर प्रयोकर्ताले भने घरमै बसेर इन्टरनेटको माध्यमबाट आवेदन दिन सक्नेछन् ।

बैंकले संस्थापकको ५१ र सर्बसाधारणको ४९ प्रतिशत हिस्सेदारी कायम गर्न एफपिओ बिक्री गर्न लागेको हो । एफपिओबाट बैंकले २ अर्ब ६५ करोड रुपैयाँ प्रिमियम संकलन गर्नेछ भने एक अर्ब १४ करोड १५ लाख रुपैयाँ चुक्ता पूँजी थपिनेछ ।

हाल बैंकको चुक्ता पूँजी ६ अर्ब ४६ करोड १७ लाख रुपैयाँ रहेको छ । एफपिओ जारी पश्चात बैंकको चुक्ता पूँजी ७ अर्ब ६० करोड ३२ लाख नाघ्नेछ । राष्ट्र बैंकले तोकेको न्यूनतम चुक्ता पूँजी कायम गर्न बैंकले थप ४० करोड रुपैयाँ पूँजी विस्तार गर्नेछ ।

यस्तो छ वित्तीय अवस्था

एनएमबि बैंक संचालनमा रहेका वाणिज्य बैंकहरुमध्ये मध्यमस्तरको बैंकको हो । बैंकमा नेदरल्याण्डको एफएमओ विदेशी साझेदारका रुपमा रहेको छ । जसको प्रगति उत्साहजनक नै छ । गतबर्ष एक अर्ब १५ करोड खुद नाफा कमाएको बैंकले चालु आर्थिक बर्षको तेस्रो त्रैमास अर्थात चैत्रसम्म एक अर्ब ४१ करोड खुद नाफा कमाएको छ ।

६ अर्ब ४६ करोड १७ लाख रुपैयाँ चुक्तापूँजी भएको बैंकको जगेडा कोषमा पाँच अर्ब ६३ करोड छ । एफपिओ बिक्री पश्चात दुई अर्ब ६५ करोड प्रिमियम संकलन हुनसक्छ । जसले उसको जगेडाकोष अझै मजबुत बन्नेछ ।

गत चैत्रसम्म बैंकले ८५ अर्ब २९ करोड निक्षेप संकलन गरेर ७४ अर्ब १ करोड कर्जा परिचालन गरेको छ । उसको कर्जा पूँजी निक्षेप अनुपात ७५.३३ प्रतिशत, निस्क्रिय कर्जा अनुपात १.१० प्रतिशत, पूँजी कोष १२.९३ प्रतिशत छ ।

बैंकको प्रति शेयर आम्दानी २९ रुपैयाँ रहेको छ भने प्रतिशेयर नेटवर्थ १८५ रुपैयाँ, ईक्विटीमा प्रतिफलको अनुपात १७ प्रतिशत छ । मूल्य आम्दानी अनुपात १५.२९ गुणा बढी छ ।

comments powered by Disqus

पूँजीबजारका लगानीकर्ताको आन्दोलन स्थगित

Apr 28, 2024 07:06 AM

आजदेखि शुरु हुने भनिएको पूँजीबजारका लगानीकर्ताहरुको आन्दोलन स्थगित भएको छ। पूँजीबजार सुधार तथा विकासका माग राखि गर्न लागिएको आन्दोलन स्थगित भएको जानकारी पूँजीबजार सुधार संघर्ष समितिका संयोजक उपेन्द्र पाठकले जानकारी दिएका छन्।