लुम्बिनी र मितेरी डेभलपमेण्ट बैंकमा पनि गरिमा रेमिट सेवा

Jun 13, 2018 Merolagani

गरिमा विकास बैंक(GBBL ले लुम्बिनी विकास बैंक र मितेरी डेभलपमेण्ट बैंकसँग रेमिट सेवा सञ्चालन गर्ने सम्बन्धमा सम्झौता गरेको छ । सम्झौतापश्चात लुम्बिनी र मितेरीका सबै शाखाबाट गरिमा रेमिटमार्फत रकम पठाउन र भुत्तानी गर्न सकिने बैंकले जनाएको छ ।

‘गरिमा रेमिट’ र ‘लुम्बिनी रेमिट’ बीच बुधबार सम्झौता भएको हो । सम्झौतामा गरिमा विकास बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत गोविन्द प्रसाद ढकाल र लुम्बिनी विकास बैंकको तर्फबाट कायम मुकायम प्रमुख कार्यकारी अधिकृत उमेश रेग्मीले हस्ताक्षर गरे । 

सम्झौतापश्चात लुम्बिनी विकास बैंकका देशभर सञ्चालनमा रहेका ६३ वटा शाखा कार्यालयबाट गरिमा रेमिटमार्फत रकम पठाउन, भूक्तानी गर्न तथा खातामा जम्मा गर्न तथा गरिमा विकास बैंक लिमिटेडका देशभर सञ्चालनमा रहेका ५७ वटा शाखा कार्यालयबाट लुम्बिनी रेमिटमार्फत रकम पठाउन, भूक्तानी गर्न तथा खातामा जम्मा गर्न सकिन्छ ।

त्यस्तै गरिमा विकास बैंक र मितेरी डेभलपमेण्ट बैंकबीच पनि “गरिमा रेमिट’’ सञ्चालन गर्ने सम्बन्धमा सम्झौता भएको छ । शुक्रबार गरिमा विकास बैंक लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत गोविन्द प्रसाद ढकाल र मितेरी डेभलपमेण्ट बैंक लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत तुलसी प्रसाद वस्तीले सम्झौतापत्रमा हस्ताक्षर गरे ।

यस सम्झौतापश्चात मितेरी डेभलपमेण्ट बैंकका १५ वटा शाखा कार्यालयबाट गरिमा रेमिटमार्फत रकम पठाउन, भूक्तानी गर्न तथा खातामा रकम जम्मा गर्न सकिनेछ ।

 

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।