एनएमबिको एफपिओमा अहिलेसम्म कति पर्यो आवेदन ?

Jun 14, 2018 Merolagani



एनएमबि बैंक (NMB) ले जेठ ३० गतेदेखि निष्काशन गरेको थप सार्वजनिक निष्काशन (एफपिओ) मा जेठ ३१ गते बिहीबार २ बजेसम्ममा ३७ करोड ४७ लाख ५४ हजार ८४७ रुपैयाँको सेयर माग भएको छ । बैंकको एफपिओमा पनि लगानीकर्ताको आकर्षण थोरै नै देखिएको छ ।

बैंकको एफपिओ निष्काशनको बिक्री प्रबन्धकको जिम्मेवारी पाएको नागरिक लगानी कोषले दिएको जानकारी अनुसार बिहीबार २ बजेसम्ममा १४ हजार ७५७ जना आवेदकले ११ लाख २५ हजार ३९० कित्ता सेयरको माग गरेका छन् । यो कुल निष्काशनको ९.८५ प्रतिशत मात्र माग हो ।

बैंकले २३३ रुपैयाँ प्रिमियम सहित प्रतिकित्ता ३३३ रुपैयाँको दरको एक करोड १४ लाख १५ हजार १६३ कित्ता थप सार्वजनिक निष्काशन गरेको छ । इच्छुक लगानीकर्ताले एफपिअाेमा न्युनतम १० कित्ता र अधिकतम ५७,०७० कित्तासम्म अावेदन दिन सक्नेछन् ।  एपपिओ छिटोमा असार ३ गतेसम्म र ढिलोमा असार २८ गतेसम्म किन्न पाइनेछ।

हालसम्म परेको आवेदनले बैंकको एफपिओ एफपिओ चार दिनमा नै अर्थात निष्काशन बन्द हुने छिटो मितिमा सबै विक्री हुने अवस्था देखिन्न । सर्वसाधारणहरुबाट सबै सेयर माग नभएमा चार दिनपश्चात संस्थागत लगानीकर्ताहरुले समेत आवेदन दिन पाउने व्यवस्था हुनेछ ।

कम्पनीको एफपीओको बिक्रीको प्रत्याभुतिको काम नागरिक लगानी कोष लगायत एनआइबिएल एस क्यापिटल, नेपाल एसबीआई मर्चेन्ट बैंकिङ्ग, प्रभु क्यापिटल, ग्लोबल आइएमई क्यापिटल र आरबीबी मर्चेन्ट बैंकिङ्ग लिमीटेडले गरेका छन् । सबै सेयर विक्री नभएको खण्डमा प्रत्याभुतिकर्ताले बाँकी सेयर सकार्नेछन् ।

एफपिओ बिक्रीबाट बैंकको चुक्ता पूँजी एक अर्ब १४ करोड बढ्नेछ भने दुई अर्ब ६६ करोड रुपैयाँ प्रिमियम बापत संकलन गर्नेछ । एफपिओ विक्रीपश्चात बैंकको चुक्ता पूँजी ७ करोड ६० लाख पुग्नेछ भने संस्थापक साधारण सेयर अनुपात ५१:४९ कायम हुनेछ ।

इक्रा नेपालले बैंकको एफपिओलाई इक्रा एनपी आइपीओ ग्रेड ३ रेटिङ दिएको छ । जसले औसत अवस्था जनाउँछ ।




सुन र चाँदीको मूल्यमा भारी गिरावट

Apr 06, 2025 11:27 AM

चैत २४ गते, आईतबार, नेपाली बजारमा सुन र चाँदीको मूल्यमा भारी गिरावट भएको छ । यसदिन सुन प्रतितोला एक हजार ९०० रुपैयाँ घटेको छ भने चाँदी ७० रुपैयाँले घटेको हो ।