घरजग्गा प्रदर्शनीमा बाणिज्य बैंकहरुको यस्तो अफर, कति ब्यादरमा पाइन्छ ऋण ?

Jun 15, 2018 Merolagani

काठमाडौंको भृकुटीमण्डपमा शुक्रबारदेखि सुरु भएको सातौं घरजग्गा मेलामा ६ बाणिज्य बैंकले घर तथा जग्गा खरिद गर्न कर्जा उपलब्ध गराउने भएका छन् । मेलाको अवसरमा बैंकहरुले लिने गरेको सेवा शुल्कमा समेत छुट दिएका छन् ।

बैंकहरुले अहिलेको एक्स्पोमा धेरै नयाँ सुविधा नभएपनि एक्सपोमा घर जग्गा खरिद गर्न बुकिङ गर्ने ग्राहकलाई बैंकले ऋण प्रवाह गर्दा लिने गरेको एक प्रतिशत सेवा शुल्कमा ०.२५ प्रतिशत सेवा शुल्कमा छुट दिने बताएका छन् । 

घरजग्गा मेलामा स्टल राखेका बैंकभन्दा एभरेष्ट बैंक (EBL) ले सबैभन्दा कम ब्याजदरमा घरकर्जा उपलब्ध गराउने भएको छ । बैंकहरुले न्यूनतम १०.३३ प्रतिशत देखि १४ प्रतिशत ब्याजदरमा कर्जा प्रवाह गर्ने बताएका छन् ।

एभरेष्ट बैंकले सबै बाणिज्य बैंकभन्दा न्यून १०.३३ प्रतिशत ब्याजदरमा ५ बर्षको लागि कर्जा प्रवाह गर्ने जनाएको छ । १५ बर्ष अवधीको होम लोन लिने ग्राहकले भने १०.८३ प्रतिशत ब्याजदर तिर्नुपर्ने बैंकले बताएको छ ।

एक्स्पोको अवसरमा बैंकले ऋण प्रकृयालाई सरल कागजात प्रकृयाबाट छिटो छरितो रुपमा प्रवाह गर्ने, लचिलो ऋण कार्यकाल, सरल मासिक किस्ता तिर्न मिल्नेगरि व्यक्तिगत सेवालाई केन्द्रमा राखेर सेवा प्रदान गर्ने एभरेष्ट बैंकका निरज श्रेष्ठले बताए ।

त्यसैगरि एनआईसी एशिया, सनराईज, एनएमबि, सिभिल र स्टाण्डर्ड चार्टड बैंक (SCB) ले १३ देखि १४ प्रतिशतसम्म ब्याजदरमा घर जग्गा कर्जा प्रवाह गर्ने बताएका छन् । बैंकहरुले ग्राहकले खरिद गर्न चाहेको घर तथा जग्गाको प्रकृति, जग्गाको मूल्याङ्कन र घर तथा जग्गा खरिद गर्न चाहाने ग्राहकको आम्दानीको आधारमा कर्जा वितरण गर्ने बताएका छन् ।

एनआईसी एशिया बैंक (NICA) ले घरजग्गा खरिद, भवन निमार्ण, रि फाइनान्समा सरल कर्जा प्रकृया मार्फत १० लाख रुपैयाँदेखि १० करोड रुपैयाँसम्मको कर्जा प्रवाह गर्ने जनाएको छ । बैंकले सम्पत्तिको धितो मापदण्ड अनुसार कर्जा रकम बढ्न सक्ने पनि जनाएको छ । यस्तो कर्जाको अवधि अधिकतम २५ बर्षसम्मको हुने बैंकको प्रतिनिधि प्रबिन भण्डारी बताए ।

मेलाकै अवसर पारेर सिभिल बैंक (CBL) ले योजना तपाइको साथ हाम्रो, तपाईको सुशी हाम्रो खुशी नामको नारा ल्याएको छ । बैंक मार्फत ब्यक्तिगत धितोकर्जाबाट जग्गा किन्न बिना प्रिमियम नै कर्जा प्रवाह गर्ने जनाएको छ ।

 

एनएमबि बैंक (NMB) ले अधिकतम ३५ बर्ष अवधिसम्मको एनएमबि घरकर्जा उपलब्ध गराउने भएको छ । बैंकका प्रतिनिधि मधुकर श्रेष्ठले ऋण तिर्न लामो समयको समयावधिले ग्राहकमा आर्थिक भार कम हुने बताए ।

सनराइज बैंक (SRBL) ले प्यारो लाग्छ आफ्नो घर प्यारो लाग्छ आफ्नै परिवार नारामा सनराइज सुरक्षित घरकर्जा ल्याएको छ । एक्स्पोमा बैंकले १० बर्षदेखि अधिकतम २० बर्ष समयावधिसम्मको कर्जा उपलब्ध गराउने भएको छ ।

सनराइजको प्रतिनिधिले पाँच लाख रुपैयाँदेखि एक करोड रुपैयाँसम्मको कर्जा उपलब्ध गराउने भएको छ । बैंकले ऋणको साबधिक जीबन बीमा र बीमा अवधि समाप्तपछि एकमुष्ट बोनस भुक्तानी हुने जनाएको छ ।
शुक्रबार सुरु भएको प्रोपर्टी एक्स्पो असार ५ गतेसम्म चल्नेछ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।