नेपाल बैंकको पाँच अर्बको एफपिओ असार १५ गतेदेखि विक्रीमा आउने

Jun 21, 2018 Merolagani

संस्थागत लगानीकर्तालाई पनि सुरुदेखि नै खुल्ने
नेपाल बैंकले असार १५ गतेदेखि ४ अर्ब ९५ करोड १७ लाख रुपैयाँको थप सार्वजनिक निष्काशन (एफपिओ) गर्ने भएको छ । बैंकले एक सय रुपैयाँ फेस भ्यालूमा १८० रुपैयाँ प्रिमियम जोडेर प्रतिकित्ता २८० रुपैयाँमा एफपिओ जारी गर्न लागेको हो ।

बैंकले सिद्धार्थ क्यापिटल मार्फत एक करोड ७६ लाख ८४ हजार ८५८ कित्ता एफपीओ निष्काशन गर्न लागेको हो । जसमा लगानीकर्ताले न्युनतम ५० कित्तादेखि अधिकतम सीमाभित्र रहने गरी १० कित्ताको गुणाङ्कमा अधिकतम कित्तासम्म आवेदन गर्न सक्नेछन् ।

एनएमबि बैंकको अवस्थालाई मध्यनजर गर्दे नेपाल बैंकको एफपिओ भने खुलेको दिनदेखि नै संस्थागत लगानीकर्ताले पनि आवेदन गर्न पाउने भएका छन् । एफपिओ छिटोमा असार १९ गते निष्काशन बन्द हुनेछ भने निष्काशित एफपिओ विक्री नभएमा ढिलोमा साउन १३ गतेससम्म जारी हुने विक्री प्रबन्धकले जनाएको छ ।

हाल बैंकको चुक्ता पूँजी ८ अर्ब ४ करोड रुपैयाँ छ । एफपिओ निष्कासनपछि बैंकको चुक्ता पूँजी ९ अर्ब ८१ करोड ११ लाख रुपैयाँ पुग्नेछ । एफपीओबाट बैंकलाई तीन अर्ब १८ करोड रुपैयाँ प्रिमियम प्राप्त हुनेछ भने एक अर्ब ७६ करोड ८४ लाख रुपैयाँ चुक्ता पूँजी बढ्नेछ ।

एफपिओ निष्काशनसँगै बैंकमा सरकारको हाल रहेको ६२ प्रतिशत सेयर स्वामित्व घटेर ५१ प्रतिशत कायम हुनेछ । उता ३८ प्रतिशत रहेको सर्वसाधारणको स्वामित्व बढेर ४९ प्रतिशत पुग्नेछ ।

सरकारी स्वामित्व घटाएर ५१ प्रतिशतमा झारेर सर्वसाधारण सेयर स्वामित्व ४९ प्रतिशत कायम गर्न एफपिओ विक्रीमा ल्याएको बैंकले जनाएको छ । त्यस्तै वित्तीय तथा आर्थिक गतिविधिलाई विस्तार गर्दे बैंककाे सेवा विस्तार गर्ने उदेश्यका साथ एफपिओ विक्री ल्याएको बैंकको भनाई छ ।

एफपिओमा कसले कति गरे प्रत्याभुति ?
नेपाल धितोपत्र बोर्डको व्यवस्था अनुसार एफपिओमा शतप्रतिशत प्रत्याभूति (अण्डरराइटिङ) गर्नुपर्ने व्यवस्था रहेको छ । नेपाल बैंकले जारी गर्न लागेको ४ अर्ब ९५ करोड १७ लाख रुपैयाँको एफपिओमा ८ मर्चेन्ट बैंकले प्रत्याभूति गरेका छन् ।

जसमध्ये सीबिआईएल क्यापिटलले सबैभन्दा धेरै एक अर्ब १५ करोड ३८ लाख, ग्लोबल आईएमई क्यापिटलले एक अर्ब १३ करोड ४० लाख, एनआईबीएल एस क्यापिटलले ८९ करोड ९७ लाख, सिभिल क्यापिटलले ४५ करोड, लक्ष्मी क्यापिटल मार्केट्सले ४५ करोड, सनराइज क्यापिटलले ३६ करोड, सानिमा क्यापिटलले २७ करोड र नेपाल एसबीआई मर्चेन्ट बैंकिङ्ग लिमिटेडले २३ करोड ४० लाख रुपैयाँ बराबरको एफपिओ प्रत्याभूति गरेका छन् ।

बैंकको एफपिओलाई केयर नेपालले केयर एनपि आईपिओ ग्रेड ३+ रेटिङ प्रदान गरेको छ । यस रेटिङले कम्पनीको अवस्था औषत आधार रहेको जनाउँछ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।