सूर्योदय लघुवित्तद्धारा बालगृहलाई सहयोग

Jun 21, 2018 Merolagani

सूर्योदय लघुवित्त वित्तीय संस्था (SLBS) ले आफ्नो स्थापना दिवसका अवसरमा अमोर सेवा नेपाल फेदिखोलाको बालगृहमा खाद्य तथा शैक्षिक सामग्री वितरण गरेकोे छ । बालगृहमा रहेका अनाथ बालबालिकालाई सहयोग पु¥याउने उद्देश्यले उक्त सामग्री हस्तान्तरण गरिएको कम्पनीले जनाएको छ ।

कार्यक्रममा बोल्दै संस्थाका अध्यक्ष अनन्तकुमार श्रेष्ठले संस्थाको सामाजिक सहयोग अन्तर्गत बालबालिकाहरुको लागि सहयोग गरिएको र यस्ता सहयोग अन्य क्षेत्रमा पनि गरिने बताए।

अमोर सेवा नेपाल बालगृहमा १७ जना बालबालिकाले आश्रय लिएका छन् ।

४ करोड ७६ लाख रुपैयाँ चुक्ता पूँजी रहेको सूर्योदयले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा एक करोड ४४ लाख रुपैयाँ खुद नाफा कमाएको छ । कम्पनीको प्रतिसेयर आम्दानी ४० रुपैयाँ ५५ पैसा छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।