शिवम् बन्यो आईपिओ जारी गर्ने पहिलो सिमेन्ट कम्पनी,कतिमा हुन्छ निष्काशन ?

Jun 21, 2018 Merolagani

प्रिमियम सहित २ अर्ब २ करोडको आइपिओ आउने 

शिवम् सिमेन्ट लिमिटेडलाई नेपाल धितोपत्र बोर्डले साधारण शेयर आइपिओ निष्काशनको अनुमति दिएको छ । शिवमले स्थानीय वासीन्दाका लागि २ प्रतिशत तथा सर्वसाधारणका लागि १० प्रतिशतगरी जारी पूँजीको १२ प्रतिशत साधारण सेयर (आईपिओ) विक्री गर्ने अनुमति पाएको हो ।

शिवम् सिमेन्टले ४ अर्ब ४० करोड रुपैयाँ जारी पूँजीको १२ प्रतिशत हुन आउने  ५२ लाख ८० हजार कित्ता सेयर सर्वसाधारण र उद्योग प्रभावित स्थानीय बासिन्दाका लागि समेत निष्कासन गर्ने छ ।

जसमध्ये ८ लाख ८० हजार कित्ता उद्योग प्रभावित स्थानीय बासिन्दाका लागि तथा ४४ लाख कित्ता सर्वसाधारणमा जारी हुनेछ ।

धितोपत्र बोर्डले शिवमलाई प्रिमयिम सहित स्थानीय बासिन्दाका लागि प्रतिकित्ता ३ सय रुपैयाँ तथा सर्वसाधारणका लागि प्रतिकित्ता ४०० रुपैयाँका दरले निष्काशन गर्नेछ ।

कम्पनीले  प्रिमियम सहित २ अर्ब २ करोड ४० लाख रुपैयाँ बराबरको आइपिओ जारी गर्नेछ । जसमध्ये सर्वसाधारणलाई एक अर्ब ७६ करोड तथा स्थानीलाई २६ करोड ४० लाख रुपैयाँको आइपिओ बिक्री गर्नेछ । 

कम्पनीको गत माघमा सम्पन्न विशेष साधारणसभाले आईपिओ जारी गर्ने प्रस्ताव पारित गरेको थियो ।

गत वर्ष धितोपत्र बोर्डले वास्तविक लगायत अन्य क्षेत्रले न्युनतम १० प्रतिशत सेयर सर्वसाधारणलाई निष्कासन गर्न पाउने व्यवस्था गरेपछि शिवमले आईपिओ निष्कासनको अनुमति माग्दै गत चैतमा बोर्डमा आवेदन गरेको थियो ।

कस्तो छ कम्पनी ? 

चीनको होङसी सिमेन्ट ग्रुपसँग साझेदारी रहेको शिवम् सिमेन्टको उद्योग मकवानपुरको हेटौँडामा रहेको छ । सो उद्योगबाट दैनिक ६ हजार टन सिमेन्ट उत्पादन गर्दै आएको छ ।

चार अर्ब लगानीमा सात वर्ष अघि स्थापना भएको शिवमले ओपिसी सिमेन्ट उत्पादन गर्दै आएको छ। दैनिक १९ सय टन क्लिंकर उत्पादन क्षमता छ।

कम्पनीको जारीपुँजी ४ अर्ब ४० करोड रुपैयाँ रहेको छ ।

इक्रा नेपाल लिमिटेडले कम्पनीको शेयरलाई क्रेडिट रेटिङ्ग ग्रेड ३+ प्रदान गरेको छ । सार्वजनिक निष्काशन गरिने सम्पूर्ण शेयर प्रत्याभूति समेत गरिएको छ ।

आईपिओ निष्कासन गर्ने शिवम् नेपालको पहिलो सिमेन्ट भएको छ । यो उद्योग सर्वसाधारणमा जान दुई वर्षअघि नै पब्लिकमा कम्पनीमा रूपान्तरण भएको थियो। शेयर निष्कासन पछि प्राप्त हुने पूँजीले उद्योगको क्षमता बढाउने योजना बनाएको छ।

सरकारले बजेट मार्फत धितोपत्र बजारमा सूचिकृत हुने उत्पादनशील क्षेत्रका कम्पनीलाई करमा विशेष छुट दिने व्यवस्था गरेको छ । बोर्डले धितोपत्र दर्ता तथा निष्काशन नियमावली, २०७३ लागु गरी प्रिमियमसहितको मूल्यमा सार्वजनिक निष्काशन गर्न सकिने र जारी पूँजीको न्यूनतम १० प्रतिशतमात्र सार्वजनिक निष्काशन गरे पुग्ने सहुलियत  दिएको छ ।

शिवम् सिमेन्टस् लि.को प्रारम्भिक सार्वजनिक निष्काशनबाट उत्पादनशील क्षेत्रका कम्पनीहरु समेत सार्वजनिक निष्काशनमार्फत पूँजी परिचालन गर्न उत्प्रेरित हुने र यसबाट बजारमा उत्पादनशील कम्पनीहरुको प्रभुत्व बढदै जाने बोर्डको विश्वास रहेको छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।