'सरकारी बैंकले आधुनिक सेवा दिएर अरु बैंकसँग प्रतिष्पर्धा गर्नुपर्छ'

Jun 22, 2018 Merolagani

- राष्ट्रिय वाणिज्य बैंकका कर्मचारीलाई पुरस्कार
राष्ट्रिय वाणिज्य बैंकको ५३ औं वाषिकोत्सबमा घोषणा गरिएको उत्कृष्ट कार्य सम्पादन गर्ने बैंकका शाखा कार्यालयहरु तथा कर्मचारीहरुलाई पुरस्कार बितरण गरिएको छ । एक कार्यक्रमका बिच बिहिबार बैंक संचालक समितिका अध्यक्ष महेन्दमान गुरुङ्गले कर्मचारीहरुलाई पुरस्कार बितरण गरेका हुन् ।

सर्वोत्कृष्ठ कार्य सम्पादन गरे वापत सर्वोत्कृष्ठ कर्मचारी पुरस्कार संस्थागत तथा साना मझौला कर्जा विभागका विभागीय प्रमुख मुख्य प्रवन्धक नरेशराज अर्यालले पाएका छन् । उनलाई ५० हजार रुपैंया नगद र प्रमाणपत्र प्रदान गरिएको छ । त्यसैगरी उत्कृष्ठ कार्य सम्पादन गरे वापत अन्य २९ जना कर्मचारीलाई उत्कृष्ट कर्मचारी पुरस्कार स्वरुप २० हजार रुपैंया र प्रमाणपत्र प्रदान गरिएको छ ।

प्रथम हुने शाखा कार्यालय नाराणपुर शाखाका प्रवन्धक खेम डांगीलाई ५० हजार र प्रमाणपत्र बितरण गरिएको थियो भने अन्य अत्कृष्ट कार्य सम्पादन गर्ने १६ वटा शाखा कार्यालयका प्रवन्धकहरुलाई १० हजार देखि ३० हजार सम्म र प्रमाणपत्र पुरस्कार प्रदान गएको छ ।

बैंक संचालक समितिका अध्यक्ष महेन्द्रमान गुरुङ्गले बैंकिङ्ग क्षेत्रमा नयां नयां प्रविधि र सोचको विकास भैरहेको सन्दर्भमा सरकारी बैंकले साधारण बैंकिङ्ग सेवा मात्र दिएर प्रतिस्पर्धी बजारमा टिक्न नसक्ने बताए । उनले आधुनिक सेवा दिनु सरकारी बैंकहरु तत्पर हुनु पर्ने बताएका थिए ।

बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले बैंक क्लिन र स्मार्ट बैंकिङ्गको रुपमा अगाडी बढिरहेको बताएका थिए ।

 

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।