बर्ष दिनमा क्यामोमाईलको तेल बेचेर २४ करोड आम्दानी !

Jun 22, 2018 Merolagani

लोपोन्मुख अवस्थामा रहेको क्यामोमाइलको तेल बेचेर जिल्ला वनस्पति कार्यालय कैलालीले एक वर्षमा २४ करोड आम्दानी गरेको छ । सुगन्धित तेल उत्पादन हुने क्यामोमाईलको खेतीबाट राम्रो आम्दानी हुने भएकाले यसको व्यावसायिक खेती गर्न वनस्पति कार्यालयले किसानहरुलाई सुझाव दिएको छ ।

वनस्पति कार्यालयले टीकापुर, चौमाला र धनगढीमा क्यामोमाईलको खेती गरिरहेको छ । क्यामोमाईलको तेल बेचेर यस बर्ष मात्रै करिब २४ करोड रुपैया आम्दानी गरेको वनस्पति अधिकृत लक्ष्मण झाले बताए ।

५० हजार देखि ६० हजार प्रति लिटरमा विक्री हुदै आएको क्यामोमाईल तेलको अमेरिका र जर्मनीबाट बढी माग आएको उनले बताए । नेपालमा क्यामोमाईलको खेती विस्तार गर्न सके किसानले राम्रो आम्दानी गर्न सक्ने उनको भनाइ छ ।

धनगढी उपमहानगरपालिका वडा नम्बर ७ मा रहेको देवरिया वनस्पति उद्यानले निशुल्क रुपमा क्यामोमाईलको विउ विरण गर्दै आएको छ । उद्यानमा २ सय ५० प्रजातिका वनस्पति रहेका छन् । उद्यानमा क्यामोमाईल प्रशोधन गर्ने मेसिन पनि राखिएको छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।