रेनल्टका गाडी किन्ने सोचमा हुनुहुन्छ ? मुक्तिनाथ विकास बैंकले दिन्छ यस्तो सुविधा

Jun 27, 2018 Merolagani

रेनल्टका गाडी किन्ने सोचमा हुनुहुन्छ भने मुक्तिनाथ विकास बैंकले तपाईलाई आकर्षक फाइनान्स सेवा दिने भएको छ । रेनल्टको नेपालका लागि आधिकारिक बिक्रेता एडभान्सड अटोमोबाइल्स र मुक्तिनाथ विकास बैंकले यस सम्बन्धमा सम्झौता गरी सेवाग्राहीलाई सहज रुपमा गाडी उपलब्ध गराउने भएका हुन् ।

मुक्तिनाथ विकास बैंकले एडभान्सड अटोमोबाइल्ससँग रेनल्ट ब्राण्डका विभिन्न मोडेलका सवारी साधनमा लगानी गर्ने सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गरेको छ । उक्त सम्झौता पत्रमा मुक्तिनाथ विकास बैंकका प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेल र एडभान्स अटोमोबाइल्सका प्रबन्ध निर्देशक निकुञ्ज अग्रवालले हस्ताक्षर गरेका छन् । 

सम्झौता बमोजिम एडभान्सड अटोमोबाइल्सले आयात गरी विक्री वितरण गर्ने रेनल्ट कम्पनीका सवारी साधन खरिद गर्न चाहने ग्राहकहरुलाई मुक्तिनाथ विकास बैंकले खरिद मूल्यको ६५ प्रतिशत सम्म लगानी गर्नुका साथै आकर्षक व्याजदरमा कर्जा प्रवाह गर्ने जनाइएको छ । सम्झौता अनुसार कर्जा लिने ग्राहकहरुले अग्रिमरुपमा कर्जा भुक्तानी गर्नुपर्र्दा बैंकबाट लिइने कर्जा भुक्तानी शुल्क नलिने व्यवस्था गरिएको विज्ञप्तीमा उल्लेख छ । यो सेवा मुक्तिनाथ विकास बैकका देशभर रहेका शाखा कार्यालयहरुबाट उपलब्ध हुने बताइएको छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।