नेशनल लाईफले ६० प्रतिशत हकप्रद निष्काशनका लागि तोक्यो बुकक्लोज

Jun 28, 2018 Merolagani

नेशनल लाईफ इन्स्योरेन्स (NLICL) ले १० बराबर ६ को अनुपातमा हकप्रद निष्काशनका लागि सेयरधनी किताब बन्द गर्ने मिति निर्धारण गरेको छ । कम्पनीले असार २२ गते बुकक्लोज गर्ने भएको हाे । यसअनुसार असार २१ गतेसम्म कायम सेयरधनीले मात्र हकप्रद पाउनेछन् ।

इन्स्योरेन्सले एनआईबिएल एस क्यापिटल मार्फत ९९ करोड ३६ लाख ४७ हजार ७०० रुपैयाँ बराबरको ९९ लाख ३६ हजार ४७७ कित्ता हकप्रद सेयर बिक्री गर्न लागेको हो । 

कम्पनीको ०७४ साउन २७ गते सम्पन्न २९ औं साधारण सभाले यो हकप्रद जारी गर्ने प्रस्ताव पारित गरेको थियो । बोर्डबाट कम्पनीले जेठ २ गते निष्काशनको अनुमति पाएको हो ।

हाल एक अर्ब ६५ करोड ६० लाख रुपैयाँ रहेको इन्स्योरेन्सको हकप्रद पश्चात दुई अर्ब ६४ करोड ९७ लाख रुपैयाँ चुक्ता पूँजी पुग्नेछ ।

बिहीबार कम्पनीकाे सेयर प्रतिकित्ता १२१० रूपैयाँ हाराहारीमा काराेबार भैरहेकाे छ ।

चालू अावकाे तेश्राे त्रैमासमा कम्पनीले २२ कराेड २० लाख रूपैयाँ खुद नाफा अार्जन गरेर प्रतिसेयर अाम्दानी १७ रूपैयाँ ८८ पैसा कायम गरेकाे छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।