बढ्दाे सरकारी खर्चको बेरुजुप्रति राष्ट्रपतिको चासो, बेरुजु रकम ५ खर्ब नाघ्याे

Jun 29, 2018 Merolagani

राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारी खर्चको बेरुजु हरेक बर्ष बढ्दै गएको भन्दै सरोकारवाला निकायहरु जवाफदेही र जिम्मेबार बन्न आवश्यक रहेको बताएकी छिन् । महालेखा परिक्षकको हीरक जन्यन्तीको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले बढ्दो बेरुजुलाई नियन्त्रण गर्न आवश्यक रहेको बताइन् ।

सार्वजनिक आर्थिक कारोबारमा देखिएको बेरुजु अंकहरुले ती निकायहरुको वित्तीय अनुशासनको स्थिति कमजोर रहेको देखिएको राष्ट्रपति भण्डारीको भनाई छ । उनले आर्थिक अनुशासनको स्थितिमा आउने ह्रासले वर्तमान सरकारको समृद्ध नेपाल, सुखि नेपाली निमार्णको बाधा उत्पन्न हुन सक्ने भन्दै सरकार सचेत हुन ध्यानाकर्षण गराइन् । 

महालेखापरीक्षक टंकमणी शर्माले कार्यक्रममा ५५ औं बार्षिक प्रतिबेदन प्रस्तुत गर्दै ५ खर्ब बेरुजु नाघेको बताए । उनले भने, 'आर्थिक वर्ष २०७३/७४ मा १ खर्ब ३ अर्ब रुपैयाँको बेरुजु थपिएकपछि ३ खर्ब ९६ अर्ब २५ करोड रहेको बेरुजु बढेर ५ खर्ब ८ करोड रुपैयाँ पुगेको छ ।’

महालेखा परिक्षकको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७३/७४ मा ४६ खर्ब ८७ अर्ब ९१ करोड रुपैयाँ लेखा परिक्षण भएको छ । जसअन्तगर्त सरकारी कार्यालयको नियमित तर्फ १७ खर्ब ५२ अर्ब ९३ करोड तथा बक्यौताच तर्फ एक अर्ब ९३ करोड रुपैयाँको लेखापरीक्षण भएको छ ।

७४४ स्थानीय तहमध्ये ७३८ स्थानिय तहका एक खर्ब ८० अर्ब ३१ करोड, ७छ जिल्लाका जिल्ला समन्वय समिति अर्न्तगत २ खर्ब १४ अर्ब २२ करोड रुपैयाँ तथा ८५ संगठित संस्थाको २४ खर्ब एक अर्ब ६४ करोड र सािति तथा अन्य ८९७ संस्थाको एक खर्ब ३८ अर्ब ८१ करोड रुपैयाँको लेखापरिक्षण सम्पन्न भएको छ ।

त्यसैगरि कारबाही गरि टुङ्गो लगाउनुपर्ने सरकारी कार्यालयको बेरुजु मात्र २ खर्ब १३ अर्ब ६७ करोड देखिएको छ । जिल्ला समन्वय समिति अर्न्तगत ६२ अर्ब ६१ करोड, स्थानीय तह १४ अर्ब १५ करोड,लेखापरिक्षण बक्यौता तीन अर्ब ३८ करोड, राजश्व बक्यौता एक खर्ब ६१ अर्ब १६ करोड  रूपैयाँ असुली गर्न बाँकी रहेको छ ।

शोधभर्ना लिन बाँकी वैदेशिक अनुदान अन्तगत २० अर्ब ५८ करोड, शोधभर्ना लिन बाँकी वैदेशिक ऋण २२ अर्ब ३८ करोड रुपैयाँ र जमानत बसी दिएको ऋण दुई अर्ब पाँच करोड रूपैयाँ कारबाही गरि टुङ्गो लगाउनुपर्ने बेरूजु रहेको प्रतिवेदनमा उल्लेख छ ।

महालेखापरीक्षक शर्माले महालेखा कार्यालयको मुल्य मान्यतामा रहेर सरोकारवालाहरुलाई सार्वनजिक कोषको दक्षतापुर्ण उपयोग गर्दै स्वतन्त्र एवं गुणस्तरीय लेखापरिक्षणको सेवा प्रदान गर्न प्रतिबद्ध रहको बताए ।

कार्यक्रमको अवसरमा महालेखापरीक्षकको कार्यलयमा कार्यरत उत्कृष्ट ७ जना कर्मचारीहरु पुरष्कृत भएका छन् । यस्तै कार्यलयको पुर्व महालेखापरीक्षक ज्ञानेन्द्रनाथ अधिकारीलाई पनि सम्मान गरिएको छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।