बहु डिम्याट खाता हुने साढे तीन हजारले गराए बन्द

Jul 02, 2018 Merolagani

धितोपत्र बोर्डको निर्देशन अनुरुप केन्द्रीय निक्षेप प्रणाली (सिडिएससी) ले एक जना लगानीकर्ताले दुई भन्दा बढी डिम्याट खाता सञ्चालन गर्न नपाउने व्यवस्था गरेपश्चात दुई वा सो भन्दा बढी खोलेका साढे तीन हजार लगानीकर्ताले चालू आवमा एकाउण्ट बन्द गराएका छन् । 

गत साउनदेखि असारसम्म आइपुग्दा तीन हजार ४३८ ओटा डिम्याट खाता बन्द भएको सिडिएस एण्ड क्लियरिङ्गले जनाएको छ । धितोपत्र बोर्डले एक जनाले बढीमा दुई वटासम्म मात्र खाता गर्न पाउने व्यवस्था ल्याएसँगै बहु खाता हुने लगानीकर्ताले दुई भन्दा बढी खाता बन्द गरेका हुन् । 

बोर्डले आस्वा प्रणाली र धितोपत्र निष्कासन तथा बाँडफाँड प्रणालीको कार्यान्वयनलाई प्रभावकारी बनाउन तथा लगानीकर्ता एवं बजारको दीर्घकालीन हितलाई भन्दै २०७४ भाद्र मसान्तसम्म दुई भन्दा बढी खाता संचालनमा रहेका भए बन्द गर्न निर्देशन दिएको थियो ।

तर लगानी व्यवस्थापनमा सहभागी भएका लगानीकर्ताको हकमा लगानी व्यवस्थापनमा सहभागी हुनका लागि लगानी व्यवस्थापनअनुसार डिम्याट खाता खोल्न भने पाउने व्यवस्था छ । अन्यको ग्राहकले भने बढीमा दुईवटा डिम्याट खाता मात्र सञ्चालन गर्न पाउनछन् ।

सिडिएस एण्ड क्लियरिङ्गको तथ्याङ्क अनुसार अहिले पनि लगानी व्यवस्थापनमा सहभागि लगानीकर्ता तथा अन्यको गरि दुईवटा खाता सञ्चालन गर्ने लगानीकर्ताहरुको संख्या ६ हजार ८११ रहेको छ । यस अवधिमा ३ हजार ४३८ वटा खाता भने बन्द गरिएका छन् ।

असार १८ गते सोमबारसम्म विभिन्न ६७ निक्षेप सदस्यहरु मार्फत हितग्राही खाता खोल्ने लगानीकर्ताको संख्या १२ लाख ७२ हजार ८४४ पुगेको छ । ६७ निक्षेप सदस्यमध्ये मेरो सेयर प्रणालीमा ६५ दर्ता छन् । हालसम्म मेरो सेयर प्रयोगकर्ताको संख्या दुई लाख ७३ हजार बढी रहेको छ ।

comments powered by Disqus

पूँजीबजारका लगानीकर्ताको आन्दोलन स्थगित

Apr 28, 2024 07:06 AM

आजदेखि शुरु हुने भनिएको पूँजीबजारका लगानीकर्ताहरुको आन्दोलन स्थगित भएको छ। पूँजीबजार सुधार तथा विकासका माग राखि गर्न लागिएको आन्दोलन स्थगित भएको जानकारी पूँजीबजार सुधार संघर्ष समितिका संयोजक उपेन्द्र पाठकले जानकारी दिएका छन्।