मेरोसेयर मोबाइल एप डाउनलोड गर्नु भएको त छैन ? छ भने तपाईको तथ्यांक कसैले चोरी रहेको छ

Jul 03, 2018 Merolagani

केन्द्रिय निक्षेप प्रणालीले विकास गरेको सेयर सम्बन्धि अनलाइन सफ्टवेयर मेरो सेयरको अहिलेसम्म मोबाइल एप निर्माण भएको छैन । गुगल प्लेमा मेरोसेयरको एप लञ्च भएर धमाधम लगानीकर्ताहरुले एप इन्स्टल गरिरहेको देखिएको छ । यो एप फेक हो । यस्तो एप इन्स्टल नगर्न सिडिएससीले लगानीकर्तालाई आग्रह गरेको छ ।

गुगल प्लेमा अहिलेसम्म यो एप १ हजारभन्दा बढी डाउनलोड भएको देखिन्छ । team.littled7@gmail.com इमेल रहेको Little d Business नामको प्रोफाइलबाट गुगल प्लेमा मेरोसेयरको नक्कली एप अपलोड भएको देखिन्छ । यदि सिडिएससीले यो एप बनाएको हुन्थ्यो भने एप निर्मातामा सिडिएससीको नाम, ठेगाना, सम्पर्क उल्लेख हुन्थ्यो, जुन कुरा मोबाइल एपमा कतै छैन ।

यसरी लगानीकर्ताको सेयरसम्बन्धि जानकारी चुहावट गर्ने उद्धेश्यले निर्माण गरिएको एपको डिजाइन सिडिएससीको मेरोसेयरसँग मिल्दो देखिन्छ । तपाईले यो एप इन्स्टल गरेर आफ्नो विबरण भर्दै हुनुहुन्छ भने तपाईको सेयरको सबै जानकारी कोही व्यक्तिले चोरी गरिरहेको छ भन्ने कुरामा ढुक्क हुनुहोस् ।

यस सम्बन्धमा केन्द्रिय निक्षेप प्रणालीका प्रमुख कार्यकारी अधिकृत देवप्रकाश गुप्ताले भने, 'हामीले अहिलेसम्म मोबाइल एप निर्माण गरेका छैनौं । नक्कली एप इन्स्टल नगर्नु होला । इन्स्टल गर्नु भएका लगानीकर्ताले एप अनइन्स्टल गर्नु होला ।'

सिडिएससीले अहिलेसम्म कुनै लगानीकर्ताको सेयरको सूचना उक्त एपबाट चोरी  नभएको भन्दै लगानीकर्तालाई सचेत हुन आग्रह समेत गरेको छ । उसले सिडिएससीको आधिकारिक वेबसाइटबाट मात्र मेरोसेयर प्रयोग गर्न पनि लगानीकर्तालाई आग्रह गरेको छ ।

नक्कली एपका माध्यमबाट एप निर्माताले तपाईको मेरो सेयरको आईडि तथा पासवर्डको रेकर्ड चोरी गर्ने योजना बनाएका हुन सक्छन् । यस्तो भएको खण्डमा मेरोसेयरमा तपाईको विबरणबाट लग इन गरी तपाईको सेयर सम्बन्धि सूचना चोरी गर्छन । यसबाट तपाईको मेरोसेयर खातामा अनावश्यक कृयाकलापहरु सञ्चालन हुनका साथै तपाईले गर्ने हरेक कृयाकलापलाई उनीहरुले नजिकबाट नियालिरहेका हुन सक्छन् ।

अहिलेसम्म मेरो सेयरको नक्कली एप कसले अनि कुन उद्धेश्यले निर्माण गर्यो भन्ने खुलेको छैन । यो तथ्यको पहिचान भए पछि गलत नियतले एप बनाउने जो कोही पनि सजायको भागिदार हुनै पर्छ । केन्द्रिय निक्षेप प्रणालीले केन्द्रिय अनुसन्धान व्यूरो अन्तरगतको साइबर सेलमा यसको खोजी गरि गलत काम गर्नेको पहिचान गरिदिन आग्रह गरेको छ ।

It's Fake ...

 

 

 

comments powered by Disqus

आइएमई लाइफको लाभांश घोषणा, बोनस र नगद कति?

May 02, 2024 09:44 AM

आइएमई लाइफ इन्स्योरेन्स (ILI) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको ३४.५० प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो।