मध्य भोटेकोशीको एक अर्ब ४४ करोडको आर्इपिओ पाइपलाइनमा

Jul 04, 2018 Merolagani

मध्य भोटेकोशी जलविद्युत कम्पनीले आईपीओ जारी गर्न नेपाल धितोपत्र बोर्डमा आवेदन गरेको छ । कम्पनीले सञ्चयकोषका सञ्चयकर्ता, ऋण प्रदायक कम्पनीका कर्मचारी र संस्थापक शेयर धारण गर्ने कम्पनीका कर्मचारीलाई आईपीओ जारी गर्न असार १७ गते बोर्डमा निवेदन दिएको हो ।

कम्पनीले एक अर्ब ४४ करोड रुपैयाँ बराबरको १ करोड ४४ लाख कित्ता आईपीओ जारी गर्नेछ । जसमध्ये कर्मचारी संचय कोषका सञ्चयकर्ताहरुका लागि कुल एक अर्ब १७ करोड बराबरको एक करोड १७ लाख कित्ता शेयर, संस्थापक शेयरधनी संस्थाका कर्मचारीका लागि २१ करोड बराबरको २१ लाख कित्ता शेयर र ऋणदाता संस्थाका कर्मचारीका लागि ६ करोड बराबरको ६ लाख कित्ता शेयर जारी गर्नेछ ।

कम्पनीको शेयर निष्काशन तथा विक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल, प्रभु क्यापिटल, लक्ष्मी क्यापिटल मार्केट, सिभिल क्यापिटल मार्केट, सानिमा क्यापिटल र सीआईबिएल क्यापिटल लिमिटेड रहेका छन् ।

सिन्धुपाल्चोक बासीका लागि ६० करोडको आइपिओ 

कम्पनीले पहिलो चरणमा कर्मचारी सञ्चयकोषका सञ्चयकर्ता, ऋण प्रदायक कम्पनीका कर्मचारी र संस्थापक सेयर धारण गर्ने कम्पनीका कर्मचारीलाई उक्त परिमाणको आर्इपिओ जारी गरेपछि दोस्रो चरणमा आयोजना प्रभावित सिन्धुपाल्चोक जिल्लाका स्थानिय बासिन्दाका लागि ६० करोड बराबरको ६० लाख कित्ता शेयर जारी गर्ने कम्पनीले जनाएको छ ।

सर्वसाधारण तथा कम्पनीका कर्मचारीलाई ९० करोडको आर्इपिओ 

त्यसपछि तेस्रो चरणमा कम्पनीले सर्वसाधारण तथा उक्त कम्पनीका कर्मचारीहरूका लागि ९० करोड बराबरको ९० लाख कित्ता शेयरहरु जारी गर्नेछ ।

मध्य भोटेकोशी जलविद्युत कम्पनीले कुल दुई अर्ब ९४ करोडको आईपिओ जारी गर्नेछ । कम्पनीले संस्थापक शेयरधनीले लिएको बाहेकका अन्य समुहलाई छुट्टाइएको दुई अर्ब चौरानब्बे करोड बराबरको प्रतिकित्ता एक सय रुपैयाँ दरले हुने दुई करोड चौरानव्बे लाख कित्ता साधारण शेयर जारी गर्नेछ ।

कस्तो छ आयोजना ?

मध्य भोटेकोशीको सिन्धुपाल्चोक जिल्लामा १०२ मेगावाटको जलविद्युत आयोजना निर्माणाधीन छ । आयोजनाबाट वार्षिक ५९ करोड युनिट विक्री योग्य विद्युत उत्पादन हुने अनुमा छ।

चिलिमे जलविद्युत पावर कम्पनीको नेतृत्वमा बन्न लागेको यो आयोजना सिन्धुपाल्चोको सबैभन्दा ठूलो हो। आयोजनाको बाध मार्मिङ - ९ चाकुमा र पावर हाउस जम्बुमा रहनेछ भने ७.२ किलोमिटर लामो सुरुङमार्ग हुनेछ।

व्याजसहित १५ अर्ब रूपैयाँ लागतमा बन्ने आयोजना सन् २०१३ को सुरुवातमा निर्माण सुरु गरी सन् २०१६ को अन्त्यमा सम्पन्न गर्ने लक्ष्य लिइएको थियो । तर जुरे पहिरो, भूकम्प, बाढीपहिरो, बाँधस्थलको जग्गा समयमा उपलब्ध नभएका कारण आयोजनाको म्याद थप गरिएको थियो ।

संसाेधित कार्यतालिकाअनुसार आयोजनाको निर्माण सन् २०१९ को जुनमा सक्ने लक्ष्य राखिएको छ। आयोजनामा कर्मचारी सञ्चय कोषले ६ अर्ब २१ करोड ऋण प्रवाह गरेको छ।

आयोजनाको लागत बढ्न नदिन सिभिल तथा हाइड्रोमेकानिकलको काम इन्जिनियरिङ, खरिद र निर्माण ढाँचामा चिनियाँ कम्पनी क्वाङसीले ठेक्का लिएको छ। इलेक्ट्रिमेकानिकल तर्फको काम भने एन्ड्रिज हाइड्रोले गरिरहेको छ।

आयोजनाबाट वार्षिक वार्षिकरुपमा ५४ करोड २० लाख युनिट विद्युत उत्पादन हुने छ ।आयोजनाले विद्युत् बिक्रीबाट वार्षिक रुपमा दुई अर्ब ९० करोड ४३ लाख आम्दानी गर्ने अनुमान गरिएको छ ।

कसको कति लगानी ?

आयोजनामा चिलिमेको ३८, नेपाल विद्युत प्राधिकरणको १० तथा स्थानीय नेपाल अरनिको हाइड्रो कम्पनी, सिन्धु इन्भेष्टमेन्ट कम्पनी प्रालि र सिन्धुपाल्चोक हाइड्रो पावर कम्पनीको एक/एक प्रतिशत संस्थापक सेयर रहने छ । सर्वसाधरणलाई १५, प्रभावित जिल्लाबासीलाई १०, कर्मचारी सञ्चय कोषलाई १९.५ र आयोजनामा कार्यरत कर्मचारीलाई ३.५ प्रतिशत सेयर दिइनेछ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।