नेपालगञ्ज र कोहलपुरमा देव: विकास बैंकको शाखा

Jul 04, 2018 Merolagani

देवः विकास बैंकले नेपालगञ्ज उपमहानगरपालिकाको पुष्पलाल चोक तथा कोहलपुर नगरपालिकाको बैकरोडमा शाखा बिस्तार गरेको छ । नेपालगञ्ज शाखा कार्यालयको नेपालगञ्ज उपमहानगरपालिकाका नगर प्रमुख डा. धवल शम्शेर राणा तथा कोहलपुर शाखा कार्यालयको कोहलपुर नगरपालिकाका नगर प्रमुख लुट बहादुर रावतले उद्घाटन गरेका छन् । 

बिस्तारित शाखाहरुबाट स्थानीयलाई सरल, सुलभ तथा सुरक्षित बैकिङ्ग सेवा प्रदान गर्ने बैंकले जनाएको छ । यसका साथै प्रदेश ५ र ६ का ग्रामिण तथा पहाडी क्षेत्रमा विस्तार गरिने शाखाहरुलाई समन्वय गर्दै त्यस क्षेत्रका ग्राहकहरुलाई सहज रुपमा बैंकिंग सेवा उपलब्ध गराउन नेपालगञ्ज शाखाले महत्वपुर्ण भूमिका निर्वाह गर्ने बैंकको विश्वास छ ।

नेपाल राष्ट्र बैंक, नेपालगञ्ज क्षेत्रीय कार्यालयका व्यवस्थापक, विमल राज खनालले आर्थिक उत्पादकत्व बृद्धिका लागि कृषिमा लगानी बढाउँदै कृषि विकासका लागि प्रदान गरिएका सुविधाहरुलाई उपयोग गर्न सुझाव दिएका थिए ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।