गत वर्षको यस अवधिमा प्राथमिक वजार मार्फत ५५ अर्ब ४५ करोड रुपैयाँ बराबरको पूँजी परिचालन भएको थियो । सो अवधिमा अवधिमा ९२ संगठित संस्थाका मार्फत उक्त रकम परिचालन भएको थियो ।
यस वर्ष हकप्रद शेयर तथा थप निष्काशनमा कमी आएका कारण समग्र प्राथमिक बजार मार्फत हुने पूँजी परिचालनमा कमी आएको धितोपत्र बोर्डले जनाएको छ ।
गत वर्ष बैंक तथा वित्तीय संस्थाहरुको चुक्ता पूँजी वृद्धि गर्नुपर्ने व्यवस्थाका कारण अधिक मात्रामा हकप्रद तथा एफपिओ निष्काशन भएकोले पूँजी परिचालन अधिक देखिएको बोर्डको भनाई छ ।
तीन वर्ष देखि शुन्य रहेको ऋणपत्र निष्काशन यस अवधिमा भने ३ अर्ब रुपैयाँ निष्काशन गरेको छ । यस्तै यस अवधिमा साधारण शेयर निष्काशन भने तीन गुणाले वृद्धि भएको छ ।
कुल पूँजी परिचालनमा सबै भन्दा बढी हिस्सा ५२.३८ प्रतिशत अर्थात २२ अर्ब रुपैयाँको हकप्रद निष्काशन भएको छ भने सबै भन्दा कम हिस्सा ७.१४ प्रतिशत अर्थात ३ अर्ब रुपैयाँको ऋणपत्र निष्काशन भएको हो ।