बोर्डको कार्यक्रमले तानेन लगानीकर्ता, नेप्से स्थिर कारोबारमा गिरावट

Jul 10, 2018 Merolagani

नेपाल धितोपत्र बोर्डले सोमबार आगामी आर्थिक बर्षका लागि पूँजी बजार विकास र विस्तार गर्ने नीति तथा कार्यक्रम ल्याएपनि त्यसको नगन्य असर सेयर बजारमा देखिएको छ । बोर्डको कार्यक्रममा लगानीकर्ता आशावादी बन्न नसक्दा मंगलबार नेप्से १२०५.९३ अंकमा घटेको छ ।

बजारको बीचमा साढे तीन घण्टा अवधिमा नेप्से सूचकमा सुधार आएपनि बजार खुलको ४५ मिनेट र बजार बन्द हुने अन्तिम ३० मिनेटपछि बजार अस्थिर बन्दा अन्त्यमा रातो भएर टुङ्गिएको छ। यसदिन लगानीकर्ताको सम्पत्ति मापन गर्ने समग्र बजार पूँजीकरण १४ खर्ब २७ अर्ब रुपैयाँमा समेटिएको छ ।

 

 

कारोबार रकम पनि सोमबारबको तुलनामा मंगलबार १३ करोडले घटेर २८ करोड ७९ लाख रुपैयाँमा सीमित भएको छ । यसदिन १६० कम्पनीका ८ लाख ७६ हजार ६११ कित्ता सेयर ४ हजार ४९३ पटक किनबेच भए ।

मंगलबार कारोबारमा आएका उस समूह मिश्रित देखिएका छन् । बीमा, बैंकिङ्ग, र फाइनान्सको सूचक समान्य बढेको छ भने उत्पादन तथा प्रशोधन, जलविद्युत, अन्य, होटल, लघुवित्त र विकास बैंकका सूचक घटेको छ । सबैभन्दा बढी बीमा ५.३० अंकले बढेको छ भने उत्पादन तथा प्रशोधन सूचकमा ७०.५२ अंकको गिरावट आएको छ ।

 

कृषि विकास बैंकको सबैभन्दा बढी एक करोड ४८ लाख रुपैयाँको सेयर किनबेच भएको छ भने नेपाल टेलिकमको एक करोड १६ लाख रुपैयाँको सेयर कारोबार भयो ।

त्यसैगरि इन्भेष्टमेन्ट बैंक, प्राईम लाईफ, गरिमा विकास बैंकको संस्थापक, नेपाल लाईफ, कुमारी बैंक, जनता बैंकको संस्थापक, नेपाल बैंक र नबिल बैंकको संस्थाप सेयर दश धेरै कारोबार हुने कम्पनीको सूचीमा अटाएका छन् । यी सबै कम्पनीको ७० लाखदेखि ९० लाख रुपैयाँ बीचमा कारोबार भएको हो ।

मंगलबार बरुण हाइड्रोपावर कम्पनीको सेयरमूल्य सबैभन्दा बढी ७.४३ प्रतिशतले बढेर १५९ रुपैयाँ कायम भएको छ । हाथवे फमइनान्स, समता माईक्रोफाइनान्स, काबेली विकास बैंक, पूणिएमा विकास बैंक र शाइन रेसुङ्गन डेभलपमेन्ट लगायतका कम्पनीका सेयरधनीले पनि ३ प्रतिशत बढीले नाफा कमाएका छन् ।

उता लामो समय नमस्ते वित्ती संस्थासँग एकीकृत कारोबारका कारणले कारोबार राेकिएर गत बुधबारदेखि सुरु भएको वेष्टर्न डेभलपमेन्ट बैंकको सेयरमूल्य सबैभन्दा बढी ९.७६ प्रतिशतले घटेर २३१ रुपैयाँमा झरेको छ ।

हिमालयन डिष्टीलरीको सेयरमूलयमा ६८२ प्रतिशतले गिरावट आउँदा कन्काइ विकास बैंक, कालिका माईक्रोक्रेडिट, लक्ष्मी लघुवित्त, किसान माईक्रोफाइनान्स, यसनिलिभर नेपाल र हाम्रो विकास बैंकको सेयरमूल्यमा ३ प्रतिशतले ह्रास आएको छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।