जनता बैंकले एलअार्इसीसँग गर्याे बैंकासुरेन्स सम्झौता

Jul 10, 2018 Merolagani

जनता बैंक र लाइफ इन्स्याेरेन्स कर्पोरेशन (नेपाल) बीच बैंकासुरेन्स सेवा सम्बन्धी सम्झौता भएको छ । बैंकले ग्राहकलाई जीवन तथा निर्जीवन बीमा सेवा दिने अभिप्रायले इन्स्याेरेन्स कम्पनीहरुसँग सम्झौता गरेको बताएको छ ।

सम्झौतामा बैंकको प्रमुख कार्यकारी अधिकृत परशुराम कुँवर क्षेत्री र इन्स्याेरेन्सकाे प्रमुख कार्यकारी अधिकृत अभिजित घोष दस्तिदारले  हस्ताक्षर गरेका छन् ।

बैंकका ग्राहकले सबै शाखा कार्यालय मार्फत छिटो, छरितो तथा सहज रुपमा इन्स्याेरेन्सकाे बीमा लेख प्राप्त गर्न, प्रिमियम भुक्तानी गर्न, दाबी भुक्तानी लगायत सम्पूर्ण वीमा सेवा प्राप्त गर्न सक्ने बैंकले बताएको छ ।

बैंकले कूल ११९ शाखा, ४० शाखा रहित बैंकिङ्ग इकाई, २ सीमित्त बैंकिङ्ग इकाई, २ एक्स्टेन्सन काउन्टर र ६९ एटिएमबाट बैंकिङ्ग सेवा प्रदान गर्दै आइरहेको छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।