बुटवल पावरले विहीबारदेखि २० प्रतिशत नगद वितरण गर्ने

Jul 12, 2018 Merolagani

बुटवल पावर कम्पनी (BPCL) ले आर्थिक वर्ष २०७३/७४ को नाफाबाट सेयरधनीलाई वितरण गरेको २० प्रतिशत नगद लाभांश असार २८ गते बिहीबार देखि वितरण गर्न थालिएको जनाएकाे छ । कम्पनीले सेयर रजिष्ट्रार एनएमबि क्यापिटल मार्फत सेयरधनीको बैंक खातामा उक्त लाभांश वितरण गर्ने जनाएको छ।

बुटवल पावरको गत जेठ ८ गते सम्पन्न २५ औं साधारण सभाले प्रतिसेयर २० रुपैयाँका दरले नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको थियो ।

यो लाभांश कम्पनीले सभाका लागि बुकक्लोज गरेको अघिल्लो दिन बैशाख २६ गतेसम्म कायम सेयरधनीले मात्र प्राप्त गर्न सक्नेछन् ।

कम्पनीले हालसम्म आफुसँग रहेको सेयर डिम्याट नगराएका तथा डिम्याट खाताा बैंक खाता अद्यावधिक नगराएका लगानीकर्ताले भने सेयर डिम्याट गराएर बैंक खाता अद्यावधिक गराएपश्चात मात्र नगद लाभांश वितरण गर्नेछ ।

सेयर धितोमा कर्जा लिएका सेयरधनीले कर्जा लिएको सम्बन्धित संस्थाबाट नगद लाभांश फुकुवाको पत्र पेश गरेपश्चात मात्र लाभांश वितरण गर्ने जनाएकाे छ ।

यसअघिका बर्षमा वितरण गरिएकाे लाभांश संकलन नगरेका सेयरधनीले एनएमबि क्यापिटल नागपोखरीमा सम्पर्क गरेर लाभांश संकलन गर्नसक्ने  बुटवल पावरले बताएको छ ।

कम्पनीले निष्काशन गरेकाे सूचना यहाँबाट हेर्नुहाेस् ।

 

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।