सरकारले पदमुक्त गरेका थप ४ जनाको निर्णय तत्काल कार्यान्वयन नगर्न सर्वोच्चको आदेश

Jul 13, 2018 Merolagani

सर्वोच्च अदालतले सरकारलाई पदमुक्त गर्ने सम्बन्धमा गरेको निर्णयमा थप ४ जनाको विषय तत्काल कार्यान्वायन नगर्न अल्पकालिन अन्तरिम आदेश जारी गरेको छ । देउवा नेतृत्वको सरकारले गरेका राजनीतिक नियुक्ति अन्तरगतका ४ जनालाइ हटाउने भनी ओली नेतृत्वको सरकारले गरेको निर्णय तत्काल कार्यान्वायन नगर्न सरकारका नाममा सर्वोच्चले आदेश जारी गरेको हो ।

शुक्रबार न्यायाधीश वमकुमार श्रेष्ठको एकल इजलासले यस्तो आदेश जारी गर्दै ४ जनालाई हटाउने निर्णय कार्यान्वायन नगर्न सरकारका नाममा अल्पकालिन अन्तरिम आदेश जारी गरेको हो । श्रेष्ठको एकल इजलासले रिट हाल्नेहरुको निवेदन माथि सुनुवाई गर्दै यस्तो आदेश जारी गरेको हो ।

आदेश मार्फत सर्वोच्च अदालतले राष्ट्रिय सहकारी बोर्डका सहअध्यक्ष दक्ष पौडेल, घरेलु तथा साना उद्योग विकास समितिका कार्यकारी निर्देशक नवीनकुमार झा, गोरखापत्र संस्थानका महाप्रबन्धक वसन्तप्रकाश उपाध्याय र एकीकृत वागमती विकास समितिका अध्यक्ष नरेन्द्रराज बस्नेतलाई पदमुक्त गर्ने निर्णय तत्काल कार्यान्वायन नगर्न भनेको छ ।

ओली नेतृत्वको सरकारले निर्वाचन आचारसंहिता लागू भएपछि देउवा सरकारले गरेका सबै राजनीतिक नियुक्ति बदर गर्ने निर्णय गरेको थियो ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।