पाँचथर पावरले आईपिओ निष्कासनको माग गर्दे धितोपत्र बोर्डमा दियो निवेदन

Jul 16, 2018 Merolagani

पाँचथर पावर कम्पनी लिमिटेडले साधारण सेयर (आईपिओ) निष्कासन गर्ने भएको छ । कम्पनीले १९ करोड २५ लाख रुपैयाँ बराबरको १९ लाख २५ हजार कित्ता आईपिओ निष्कासनको माग गर्दे धितोपत्र बोर्डमा आवेदन दिएको छ ।

कम्पनीले आयोजना प्रभावित पाँचथरबासी र सर्वसाधारणका लागि गरेर उक्त परिमाणको आइपिओ जारी गर्न लागेको हो । कम्पनीमा स्थानीय र सर्वसाधरणको समेत गरी २५ प्रतिशत लगानी हुनेछ ।

कम्पनीले १४.९ मेगावाटको हेवा खोला ए आयोजना निर्माण गरी विद्युत उत्पादन थालिसकेको छ । दुई अर्ब ६० करोड रुपैयाँ लागतमा पूरा भएको हेवा खोला ‘ए’ जलविद्युत बाट उत्पादन भएको बिजुली पूर्वाञ्चलका ताप्लेजुङ, पाँचथर, इलाम र झापामा प्रसारण गरिएको छ।

आयोजना निर्माणका लागि स्थानीयको तीन करोड लगानी छ। त्यस्तै आयोजनामा कार्यरत कर्मचारीको दुई करोड र बाँकी रकम सानिमा बैंकसहित अन्य ११ बैंकले लगानी गरेका छन्। ७५ प्रतिशत बैंकको ऋण र २५ प्रतिशत स्थानीय बासिन्दा र अन्य सर्वसाधारण लगानीकर्ताको लगानी छ ।

कम्पनीको चुक्तापूँजी ७६ करोड रुपैयाँ छ । आइपिओ जारी गरेपछि कम्पनीको पूँजी झण्डै ९६ करोड पुग्नेछ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।