सिबिआईएल क्यापिटलको आईपिओले पायो रेटिङ ४

Jul 16, 2018 Merolagani

सर्वसाधारणमा सेयर निष्काशन गर्न लागेको सिबिआईएल क्यापिटलको साधारण सेयरले रेटिङ ४ पाप्त गरेको छ । ३ करोड रुपैंयाको साधारण सेयर निष्काशनका लागि धितोपत्र बोर्डमा आवेदन दिएको क्यापिटलको आईपिआलाई इक्रा नेपालले रेटिङ ४ प्रदान गरेको हो ।

सिटिजन्स बैंक इन्टरनेशनलको सहायक कम्पनी सिबिआइएल क्यापिटलको आईपिओलाई उल्लेखित रेटिङले औसतभन्दा कमजोर रहेको जनाउँछ । इक्रा नेपालले १ देखि ५ सम्मको रेटिङमा कम्पनीहरुको अवस्थालाई वर्गीकरण गर्दै आएको छ । जहाँ रेटिङ १ ले कम्पनीका आधारहरु बलियो रहेको जनाउँछ भने रेटिङ ५ ले निकै कमजोर अवस्थालाई जनाउँछ ।

क्यापिटलले डेढ महिना पहिले साधारण सेयर निष्काशनको अनुमति माग्दै धितोपत्र बोर्डमा निवेदन दिएको छ । सिबिआईएलको साधारण सेयर निष्काशनको काम नेपाल एसबिआई मर्चेन्ट बैंकिङ्गले गर्नेछ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।