सिटिजन्स बैंकले एकै दिन बिस्तार गर्यो ४ शाखा

Jul 16, 2018 Merolagani

सिटिजन्स बैंकले एकै पटक मुलुकका विभिन्न चार स्थानमा शाखा बिस्तार गरेको छ । बैंकको केन्द्रिय कार्यालय नारायणहिटी पथमा पत्रकार सम्मेलन गरि बैंकका प्रमुख कार्यकारी अधिकृत राजन सिंह भण्डारीले कम्प्यूटरमा क्लिक गरी चारवटै शाखाको सुभारम्भ गरेका हुन् ।

बैंकले प्युठानको झिमरुक, पूर्व रुकुमको भूमे, हुम्लाको नाम्खा र अछामको ढकारी गरि ४ स्थानमा शाखा बिस्तार गरेको हो । बैंकले चालु आर्थिक वर्षमा मात्र १४ वटा शाखा बिस्तार गरेको छ । सरकारले वित्तीय पहुँच तथा समावेशिता वृद्धि र औपचारिक अर्थतन्त्रको प्रवर्धनका लागि सबै नेपालीको बैंक खाता भन्ने नीति अवलम्बन गरे अनुरुप शाखा बिस्तार गरिएको बैंकको विज्ञप्तीमा उल्लेख छ । 

निकट भविष्यमा नै बैंकले कैलालीको मोहन्याल, काठमाडौँको टोखा र थानकोटमा थप शाखा संचालन गर्ने योजना बनाएको छ । सिटिजन्स बैंकले ७८ वटा शाखा, ७० वटा ए.टि.एम. र ९९ वटा शाखा रहित बैंकिङ्ग एकाईहरुबाट करिव तीन लाख पचास हजार सेवाग्राहीलाई बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।