एनएमबिको एफपिओ नतिजा मेरोलगानीमा हेर्नुहोस्

Jul 17, 2018 Merolagani



एनएमबि बैंक (NMB) ले निष्काशन गरेको एक करोड १४ लाख १५ हजार १६३ कित्ता थप सार्वजनिक निष्काशन(एफपिओ) सोमबार बाँडफाँड भएको छ । बैंकको सेयर निष्काशन तथा विक्री प्रबन्धक नागरिक लगानी कोषले एनएमबि बैंक बबरमहलमा बाँडफाँड गरेको हो ।

एफपिओमा आवेदन गरेका याेग्य ६९ हजार ६२६ जना सबैले एफपिओ पाएका छन् । ६९ हजार ६२४ जनाले मागेजित नै सेयर प्राप्त गरेका छन् भने दुई जनाले मात्र मागेजति सेयर पाएनन् । 

एफपिओमा कूल ६९ हजार ६४६ आवेदन परेकोमा १० जनाले दोहोरो आवेदन गरेका कारण २० वटा आवेदन भने रद्ध भएको थियाे ।

बिक्री प्रबन्धक नागरिक लगानी कोषका अनुसार एफपिओमा एक लाख ५० हजार १५० कित्तासम्म आवेदन गर्ने सबै ६९ हजार ६२४ जनाले मागे बमोजिम सेयर प्राप्त गरेका छन् । उनीहरुलाई एक करोड १० लाख ४३ हजार ७१० कित्ता सेयर बाँडफाँड गरिएको छ ।

यसो गर्दा निष्काशित एफपिओ तीन लाख ७१ हजार ४५३ कित्ता बाँकी रहन्छ । एक लाख ५० हजार १५० कित्तादेखि अधिकतम कित्ता दुई लाख २५ हजार २०० कित्ता आवेदन गर्ने दुई आवेदकलाई एक लाख ५० हजार १५० कित्ता र थप ३५ हजार ५७६ कित्ता गरि कूल एक लाख ८५ हजार ७२६ कित्ता बाँडफाँड गरिएको छ ।

यसबाट पनि बाँकी रहेको १ कित्ता सेयर माथिको दुई जनामध्ये एक जनालाई थप एक कित्ता गोलाप्रथाबाट बाँडफाँड गरिएको हो ।

कूल आवेदकबाट एक करोड १४ लाख ८३ हजार २४० कित्ता सेयरका लागि माग भएको थियो । जसमध्ये २० वटा आवेदनबाट परेको ४ हजार ३३० कित्ताको आवेदन रद्ध भएको हाे ।

एफपिओ नतिजा हेर्नको लागि मेरोलगानीको गृहपृष्ठमा रहेको आईपिओ (IPO) शिर्षकभित्र रहेको आईपिओ रिजल्ट (IPO RESULT) मा जानुहोस् ।

त्यसपछि आईपिओ नतिजा हेर्नुपर्ने सम्बन्धीत कम्पनी नाडेप लघुवित्त छनौट गरि हितग्राही खाता नम्बर (बिओआईडि BOID) सेक्सनमा आफ्नो १६ अंकको डिम्याट नम्बर राखेर खोजी (SEARCH Botton) मा गएर आफुलाई एफपिओ पर्यो कि परेन हेर्न सक्नुहुन्छ ।

 

एनएमबि बैंकले संस्थापकको ५१ र सर्बसाधारणको ४९ प्रतिशत हिस्सेदारी कायम गर्न एफपिओ बिक्री गरेको हो । एफपिओबाट बैंकले २ अर्ब ६५ करोड रुपैयाँ प्रिमियम संकलन गरेको छ भने एक अर्ब १४ करोड १५ लाख रुपैयाँ चुक्ता पूँजी बढाएको छ ।

हाल बैंकको चुक्ता पूँजी ६ अर्ब ४६ करोड १७ लाख रुपैयाँ रहेको छ । एफपिओ जारी पश्चात बैंकको चुक्ता पूँजी ७ अर्ब ६० करोड ३२ लाख नाघ्नेछ ।

राष्ट्र बैंकले तोकेको न्यूनतम चुक्ता पूँजी कायम गर्न बैंकले एफपिओले समेत पाउने गरि १५ प्रतिशत बोनस प्रस्ताव गरेको छ । बोनस पश्चात बैंकको चुक्ता पूँजी आठ अर्ब ७४ करोड नाघ्नेछ ।




वडा अध्यक्ष मृत फेला

Apr 09, 2025 06:33 PM

बागलुङ ताराखोला–३ का वडाध्यक्ष कर्णबहादुर भण्डारी मृत अवस्थामा फेला परेका छन् । आज बिहान ११ बजे घर नजिकै रहेको काठको बलोमा झुण्डिएको अवस्थामा उनको शव भेटिएको प्रहरीले जनाएको छ ।