सिटिजन्सको एफपिओ तपार्इलाई पर्यो कि परेन ? मेरोलगानीमा हेर्नुहोस् नतिजा

Aug 10, 2018 Merolagani
0



सिटिजन्स बैंक (CZBIL) काे एफपिअाेकाे नतिजा मेराेलगानी डटकममा प्रकाशित भएकाे छ । बैंकले निष्काशन गरेको ४ लाख ६३ हजार ८२६ कित्ता थप सार्वजनिक निष्काशन (एफपिओ) शुक्रबार बाँडफाँड भएकाे हाे ।

एफपिओमा आवेदन सदर भएका ६२ हजार ७०९ जनामध्ये गोलाप्रथाबाट ४६ हजार ३७६ जनालाई १० कित्ता र ६ जनालाई ११ कित्ता कित्ता सेयर बाँडफाँड गरिएको छ ।

एफपिओमा कूल ६२ हजार ७८२ वटा आवेदनबाट ६१ लाख पाँच हजार ६३० कित्ता सेयरका लागि आवेदन परेको थियो । त्यसमध्ये ७३ वटा आवेदन रद्ध भएको छ।

रितिपूर्वक आवेदन परेको ६२ हजार ७०९ जना आवेदक हरुमध्येबाट गोलाप्रथाद्धारा ४६ हजार ३८२ जनामध्ये  ४६ हजार ३७६ जनालाई १० कित्ता र ६ जनालाई ११ कित्ता कित्ता सेयर बाँडफाँड गरिएको हाे।

सदर अावेदकमध्ये १६ हजार ३२७ जनाकाे हात खाली भएकाे छ । सदर भएको कूल आवेदकमध्ये ७३.९६ प्रतिशतले एफपिओ पाएका छन् भने २६.०४ प्रतिशत आवेदकले प्राप्त गर्न सकेनन् ।

एफपिओ नतिजा हेर्नको लागि मेरोलगानीको गृहपृष्ठमा रहेको आईपिओ (IPO) शिर्षकभित्र रहेको आईपिओ रिजल्ट (IPO RESULT)  मा जानुहोस् ।

त्यसपछि एफपिओ नतिजा हेर्नुपर्ने सम्बन्धीत कम्पनी सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड छनौट गरि हितग्राही खाता नम्बर (DEMAT NO.) सेक्सनमा आफ्नो १६ अंकको डिम्याट नम्बर राखेर खोजी (SEARCH Botton) मा गएर आफुलाई एफपिओ पर्यो कि परेन हेर्न सक्नुहुन्छ ।




हकप्रद घोषणा गर्दै मूल्य बढाउँदै कम्पनीहरु

Apr 02, 2025 06:07 AM

बाबुकृष्ण महर्जन

नेप्सेमा हालै लघु बीमा कम्पनीअन्तर्गतको पहिलो कम्पनी गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स सूचीकृत भयो । हालै आइपीओ जारी भएर सूचीकृत भएको गार्डियन माइक्रो लाइफको शेयर मूल्य २३ सय रुपैयाँको हाराहारीमा कारोबार भइरहेको थियो ।