नेप्सेमा कुर्सीको लडाई, नेप्से अध्यक्षले हाजिर हुन किन रोके साउदलाई ?

Jul 18, 2018 Merolagani

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा प्रमुख कार्यकारी अधिकृतको कुर्सीको लडाई चर्किंदा तनाब सुरु भएको छ । सर्वोच्चले पुर्नबहाली गराएका नेप्सेका प्रमुख कार्यकारी अधिकृत चन्द्र सिंह साउदलाई नेप्सेका अध्यक्ष लक्ष्मण न्यौपानेले नेप्से नछिर्न उर्दी जारी गरेका छन् । 

 कुर्सी विवादले  सेयर बजारको फ्रण्टलाइन रेगुलेटर नेप्सेमा अब के होला भन्ने चासो लगानीकर्तामा बढेको छ ।

सर्वोच्च अदालतको अन्तरिम आदेश पाएपछि काममा फर्किएका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदलाई नेप्से सञ्चालक समितिका अध्यक्ष लक्ष्मण न्यौपानेले हाजिर हुन रोक्दा विवाद उत्पन्न भएको हो ।

साउदलाई अर्थमन्त्रालयको निर्देशन अनुसार काममा रोक लगाइएको स्रोतको भनाई छ ।

मेरोलगानीसँग कुरा गर्दै नेप्सेका अध्यक्ष लक्ष्मण न्यौपानेले भने, 'अहिले म अर्थमन्त्रालयमा छलफलमा छु । यस सम्बन्धमा मैले केही बोल्न सक्दिन । पछि कुरा गरौंला ।'

उता प्रमुख कार्यकारी अधिकृत साउदले मेरोलगानीसँग भने, 'म कार्यालय जाने तरखर गर्दै गर्दा अध्यक्षज्यूले फाेनबाट कार्यालय आउन हतार नगर्नु भन्नु भयो । भएको के हो, अलमलमा छु ।'

उता नेप्सेमा अनलाइन प्रणाली इन्टिग्रेट गर्ने क्रममा प्राविधिक समस्या समेत बल्झिएको छ । जसले गर्दा बजार खुलेको एकघण्टा वित्दा समेत नेप्सेको वेवसाइट सुचारु हुन सकेको छैन । हजारौं लगानीकर्ता सेयर बजारको प्रत्यक्ष सूचना लिएर कारोबार गर्नबाट बञ्चित भएका छन् ।

प्राविधिक समस्या सुल्झाउने प्रयास भइरहेको नेप्से स्रोतले जनाएको छ । उसका अनुसार कनेक्टिभिटि लस्टका कारण वेबसाइटमा समस्या आए पनि सेयर कारोबार भने भैरहेको छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।