साउद नियमित काममा नेप्से फर्किए, अर्थ मन्त्रालयसँग विवाद नरहेको दाबी

Jul 20, 2018 Merolagani

नेपाल स्टक एक्सचेन्ज लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सिईओ) चन्द्रसिंह साउद शुक्रबारदेखि नेप्सेको कार्यभार सम्हाल्न पुन: नेप्से फर्किएका छन् । सरकारले बर्खास्त गरेका साउद अदालतको आदेश बमोजिम पुर्नवहाली भएका हुन् ।

गत आइतबार सर्वोच्च अदालतले साउदलाई पुर्नवहाली गर्न आदेश दिएको थियो ।

सर्वोच्च अदालतले काममा फर्किन आदेश दिएको ५ दिन पछि साउद बल्ल नियमित काममा फर्किएका हुन् ।

सर्वोच्चले काममा फर्काउन आदेश दिएको भएपनि अर्थ मन्त्रालय र नेप्से सञ्चालक समितिसँग समन्यव नहुँदा विवादका कारण साउद नियमित काममा फर्किका थिएनन् ।

सिइओ साउदलाई नेप्सेमा हाजिर गर्न नदिएको भन्ने खबरहरु बहिरिए पनि उनले भने साउन १ गते देखि नै हाजिर गर्दै आएको दाबी गरे ।

उनले भने, 'हाजिर नगर्नु भन्ने मन्त्रालयको इन्टेन्सन थिएन तर हाजिर गर्नु पहिले अर्थ  मन्त्रालयमा लिखित जानकारी गराउनुपर्ने थियो त्यस अनुरुप मैले सचिव समक्ष लिखित जानकारी गराएर अदालतको आदेश अनुसारमा साउन १ गते देखि नै नियमित काममा छु । त्यस बीचमा त्यस्तो कुनै विवाद छैन ।’

देउवा सरकारले गरेको नियुक्तिलाई निर्वाचन आचारसंहिता विपरित भन्दै साउदलाई खारेज गरेको सरकारले अर्थमन्त्रालयका उपसचिव रमेश अर्याललाई अर्को व्यवस्था नभएसम्मका लागि भन्दै नेप्सेको प्रमुख कार्यकारी अधिकृत नियुक्त गरेको थियो ।

देउवा सरकारले साउदलाई गत असोज २४ गते ४ वर्षका लागि नियुक्त गरेको थियो ।

 

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।