सिर्जना फाइनान्सको खुद नाफा एक कराेड घट्यो

Jul 20, 2018 Merolagani

निक्षेप संकलन र कर्जा परिचालनमा भने सुधार
सिर्जना फाइनान्स (SFFIL) को खुद नाफा अघिल्लो आर्थिक वर्ष २०७३/७४ को तुलनामा गत आवमा एक करोड ५ लाखले घटेको छ । अघिल्लो आर्थिक वर्षमा १३ करोड २६ लाख रुपैयाँ खुद नाफा अार्जन गरेको फाइनान्सको नाफा १२ करोड २१ लाखमा खुम्चिएको हो ।

फाईनान्सको निष्कृय कर्जा अनुपात ०.६६ प्रतिशतबाट बढेर १.२५ प्रतिशतमा पुगेपछि फाइनान्सले दुई करोड ६१ लाख कर्जा नोक्सानी ब्यवस्था गरेको छ । खुद ब्याज आम्दानी नै अघिल्लो वर्षको तुलनामा ३२ लाख रुपैयाँले घटेको फाइनान्सको अन्य सञ्चालन र कर्मचारी खर्चमा खर्चमा भएको वृद्धिले नाफा करोडले घट्न पुगेको हो ।

फाइनान्सले भने खुद मुनाफा घट्नुमा शाखा सञ्जालको वृद्धि, कर्जा र निक्षेपको व्याज अन्तरको संकुचनलाई देखाएको छ । फाइनान्सले दक्ष जनशक्ति भित्र्याउन र टिकाई राख्न आन्तरिक समस्या देखिएको बताएको छ ।

फाइनान्स कम्पनीले गुणस्तरयुक्त कर्जा लगानीको क्षेत्र नभेटिनु र निक्षेपको व्याजदर वृद्धि गर्न चुनौति रहेको प्रतिवेदनमा उल्लेख छ ।

४० करोड ६ लाख ८० हजार रुपैयाँ चुक्ता पूँजी रहेको यस फाइनान्सले जगेडा कोषमा २० करोड ८ लाख रुपैयाँ सञ्चित गरेको छ । गत आर्थिक वर्षमा फाइनान्सले ५ अर्ब ४० करोड रुपैयाँ निक्षेप संकलन गरेको छ । अघिल्लो आर्थिक वर्षमा फाइनान्सको निक्षेप संकलन ३ अर्ब ३६ करोड रुपैयाँ रहेको थियो ।

समीक्षा अवधिमा यस फाइनान्सले ३ अर्ब ८५ करोड ९८ लाख रुपैयाँ बराबरको ऋण परिचालन गरेको छ । जुन अघिल्लो बर्षको तुलनामा एक अर्ब २१ करोड बढी हो ।

फाइनान्सको कर्जा निक्षेप अनुपात (सीसीडी रेसियो) ६४.२१ प्रतिशत रहेको छ । त्यस्तै प्रतिशेयर आम्दानी ३० रुपैयाँ ४९ पैसा रहेको भने प्रतिशेयर नेटवर्थ १५० रुपैयाँ ११ पैसा रहेको छ ।

साथै फाईनान्सले ६० प्रतिशत हकप्रद जारी गरेर चुक्ता पूँजी बढाउने तयारी गरिसकेको छ । गत जेठ १२ गते सम्पन्न संस्थाको विशेष साधारण सभाले यो प्रस्ताव पारित भएकाे थियाे ।

फाइनान्सले १० बराबर ६ कित्ता अनुपातमा २४ करोड ४ लाख ८ हजार रुपैयाँको हकप्रद जारी गर्ने प्रस्ताव पारित गरेको हो । यो हकप्रद जारी गर्दा संस्थाको पूँजी ६४ करोड १० लाख ८८ हजार रुपैयाँ पुग्नेछ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।