सानिमा बैंकमा अनलाइनमार्फत कर्जा आवेदन दिने सकिने

Jul 20, 2018 Merolagani

सानिमा बैंकमा अनलाइनमार्फत कर्जा आवेदन दिन सकिने भएको छ । बैंकले ग्राहकहरुको सुविधालाई ध्यानमा राखि सानिमा अनलाइन कर्जा सिमा परीक्षण तथा कर्जा आवेदन दिने प्रविधि ल्याएको जनाएको छ ।

यस प्रविधि अन्तर्गत कम्प्युटर, मोवाइल, ट्यावलेट लगायतबाटै घर बसेर आफ्नो कर्जा सिमा थाहा पाउन र कर्जा आवेदन पनि दिन सकिने प्रमुख वित्तिय अधिकृत सरोज गुरागाईंले जानकारी दिए ।

अनलाइनमार्फत आवेदन दिनेले सेवा शुल्कमा २५ प्रतिशत छुट पाउने पनि बैंकले जनाएको छ।

बैंकले चेक जम्मा गर्ने,मोबाइल मनी ट्रान्सफर र इएमभी चिप कार्ड लगायतका प्रविधि ल्याइसकेको छ। बैंकको ७४ शाखा, १ एक्सटेन्सन काउन्टर र ६९ एटिएम छ ।

 

 

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।