नयाँ नेपाल लघुवित्तको २५० प्रतिशत हकप्रद सुरक्षित गर्ने आज अन्तिम दिन

Jul 22, 2018 Merolagani

नयाँ नेपाल लघुवित्त(NNLB) ले निष्काशन गर्न लागेको २५० प्रतिशत हकप्रद सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । लघुवित्तले हकप्रद प्रयोजनका लागि श्रावण ७ गते सोमबार शेयर धनी दर्ता किताब बन्द गर्ने भएको छ ।

कम्पनीको हकप्रद आवेदन दिन पाउनका लागि श्रावण ६ गते आइतबारसम्म शेयरधनी कायम हुनुपर्नेछ ।

हाल लघुवित्तको चुक्ता पूँजी २ करोड ४० लाख रुपैयाँ रहेको छ । ६ करोड रुपैयाँ बराबरको हकप्रद सेयर जारी गरे पश्चात लघुवित्तको चुक्ता पूँजी ८ करोड ४० लाख रुपैयाँ पुग्नेछ ।

कम्पनीले धितोपत्र बोर्डबाट असार २७ गते हकप्रद जारी गर्न अनुमति पाएको हो ।

लघुवित्तको सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल रहेको छ ।

 

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।