तारा एअरले भित्र्यायो नयाँ ट्विन अटर वायुयान 9N-ALO

Jul 22, 2018 Merolagani

तारा एअर प्रा. लि.ले नयाँ ट्विन अटर वायुयान भित्र्याएको छ । सो विमान सेसेयल्स, माल्दिभ्स, भारत हुँदै शनिबार काठमाडौं अवतरण गरेको हो। सो नयाँ विमान भाईकिङ्ग ४०० श्रृङ्खलाको हो।

भाईकिङ्ग ४०० श्रृङ्खलाका यी ट्विन अटर वायुयानहरु सजिलै नेपालका चुनौतीपूर्ण विमानस्थलहरु जस्तै लुक्ला, डोल्पा, तथा रारा मा उडान भर्न सक्षम रहेको कम्पनीले जनाएको छ । 

रितपुर्वक सबै जाचँहरुबाट  गुज्रिएर, परिक्षण उडान समेत सफलतापुर्वक सम्पन्न गरेपछि सो विमानलाई नेपाल नागरिक उड्डयन प्राधिकरणद्वारा 9N-ALO दर्ता नम्बर प्रदान भएको छ।

 नयाँ वायुयान थप भएबाट नेपालको सन् २०२० सम्ममा २० लाख पर्यटक भित्राउने महत्वाकांक्षमा तारा एअरले समेत महत्वपुर्ण योगदान पुर्याउन सक्नेमा कम्पनीको विश्वास छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।