गण्डकी विकास बैंक र युनियन लाइफबीच बैंकास्योरेन्स सम्झौता

Jul 23, 2018 Merolagani

गण्डकी विकास बैंक र युनियन लाईफ इन्स्योरेन्सबीच बैंकास्योरेन्स सम्बन्धी सम्झौता भएको छ । सम्झौता पत्रमा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रेशम बहादुर थापा र युनियन लाइफ इन्स्योरेन्सका तर्फवाट प्रमुख कार्यकारी अधिकृत मनोज कुमार लाल कर्णले हस्ताक्षर गरे ।

उक्त सम्झौता भए पश्चात युनियन लाइफ इन्स्योरेन्सले जारी गर्ने विभिन्न जीवन बिमा योजनाहरु गण्डकी विकास बैंकको देशभर रहेका शाखा कार्यालयहरुबाट उपलब्ध हुनेछ ।

गण्डकी विकास बैंकको केन्द्रिय कार्यालय सहित देशै भर ६८ शाखा कार्यालय रहेका छन् । बैंकका विभिन्न ठाँउमा ९ वटा शाखाहरु तयारीमा रहेको बैंकले जनाएको छ । यस पश्चात बैंकका ७७ वटा शाखा कार्यालय र देशका सातै प्रदेशबाट बैंकिङ्ग सेवा प्रदान हुने बैंकका प्रमुख कार्यकारी अधिकृत थापाले बताए ।

बैंकले ग्राहकको लागि आर्कषक व्याजदरका विभिन्न निक्षेप योजना परिचालन गर्नुका साथै सहज र सरल रुपमा कर्जा प्रवाह गरिरहेको छ । बैंकले न्यून आय भएका व्यक्तिलाई विपन्न वर्ग कर्जा तथा समूहमा आबद्ध व्यक्तिहरुका लागि लघुवित्त कर्जा पनि प्रदान गर्दै आएको छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।