सिटी एक्सप्रेस फाइनान्सको प्रतिसेयर नेटवर्थ साढे ३० रुपैयाँ

Jul 24, 2018 Merolagani

२०७४ मंसिर २४ गतेदेखि समस्याग्रस्त संस्थाबाट मुक्त बनेको सिटी एक्सप्रेस फाइनान्स (तत्कालीन कुबेर मर्चेन्ट फाइनान्स) को खुद नाफा एक करोड ७४ लाखबाट दुई करोड १५ लाखमा बढेको छ ।

व्यवस्थापन सम्हाल्न आएको सिटी एक्सप्रेस फाइनान्सको प्रयासले पाँच करोड ५१ लाख खराब कर्जा उठाएपश्चात कम्पनीे सो नाफा गर्न सफल भएको हो ।

शतप्रतिशत खराब कर्जाको बोझले थिचिएको फाइनान्सले गत आर्थिक बर्षको चौथो त्रैमास अन्त्यसम्म प्रतिसेयर नेटवर्थ ३० रुपैयाँ ५८ पैसा रहेको उल्लेख गरेको छ । अघिल्लो बर्ष संस्थाको प्रतिसेयर नेटवर्थ २७ रुपैयाँ ८१ पैसा ऋणात्मक रहेको थियो ।

कम्पनीको प्रतिसेयर आम्दानी बार्षिक ७ रुपैयाँ ६९ पैसा रहेको छ । समिक्षा अवधिमा फाइनान्स कम्पनीको जगेडा २५ करोड ५९ लाखबाट दुई करोड १५ लाखले सुधार आई २३ करोड ४३ लाख नोक्सानीमा रहेको छ ।

राष्ट्र बैंकले कर्जा प्रवाहमा रोक लगाएका कारण तथा निक्षेप फिर्ता र पुरानो कर्जा असुली कार्य मात्र गर्दे आएको छ । जसले कम्पनी खुद ब्याज आम्दानी १८ लाख ऋणात्मक रहेको फाइनान्सको सञ्चालन नोक्सानी दुई करोड ३९ लाख पुगेको छ ।
एक बर्ष अवधिमा फाइनान्सको चुक्ता पूँजी आठ करोड बढेर २८ करोड पुगेको छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।