प्रभु इन्स्योरेन्सको ४६ प्रतिशत हकप्रद भर्न छुट्यो कि ? आज अन्तिम दिन

Jul 26, 2018 Merolagani

प्रभु इन्स्योरेन्स (PRIN) ले गत असार ८ गते शुक्रबारदेखि बिक्री खुला गरेको हकप्रद शेयरमा आवेदन गर्ने आज अन्तिम दिन हो । कम्पनीले चुक्ता पूँजीको ४६ प्रतिशत हुन आउने ३१ लाख ६६ हजार ६७७ कित्ता हकप्रद सेयर बिक्री खुला गरेको थियो ।

हकप्रद निष्काशन गर्न इन्स्योरेन्सले गत जेठ १४ गते शेयरधनी किताब बन्द गरेको थियो । यसअनुसार जेठ १३ गतेसम्म कायम रहेका शेयरधनीले मात्र हकप्रदमा आवेदन दिन पाउनेछन् ।

कम्पनीको हकप्रद शेयरको निष्काशन तथा विक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ ।

शेयरधनीले धितोपत्र बोर्डबाट अनुमति प्राप्त गरेका सबै बैंक तथा वित्तीय संस्थाबाट हकप्रदमा आवेदन गर्न सक्नेछन् । त्यसैगरि प्रभु क्यापिटलको कार्यालय कमलादीबाट पनि हकप्रदमा आवेदन गर्न पाइने व्यवस्था रहेको छ ।

हाल कम्पनीको चुक्ता पुँजी ६८ करोड ८४ लाख रुपैयाँ छ । हकप्रद बिक्रीपछि प्रभुको चुक्ता पुँजी १ अर्ब ५० लाख ७५ हजार रुपैयाँ पुग्नेछ । यससँगै कम्पनीले बीमा समितिले तोके बमोजिम निर्जिवन बीमा कम्पनीले कायम गर्नुपर्ने एक अर्ब रुपैयाँ कायम गर्नेछ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।