मालपोत कार्यालय चितवनको राजस्व संकलन ग्लोबल आइएमई बैंकमार्फत हुने

Jul 26, 2018 Merolagani

ग्लोबल आइएमई बैंक (GBIME) ले साउन ६ गते आइतबारदेखि मालपोत कार्यालय चितवनको राजश्व संकलन सेवा सुरु गरेको छ । बैंकले चितवनमा रहेको मालपोत कार्यालय परिसरमा काउण्टर स्थापना गरि उक्त कार्यालयको राजस्व संकलन शुरुवात गरेको हो । उक्त काउन्टर ग्लोबल आइएमई बैंकको नारायणगढ शाखाको अन्तर्गत सञ्चालन हुनेछ ।

यसअघि बैंकले यातायात व्यवस्था कार्यालय सतुङगल, यातायात व्यवस्था कार्यालयहरु – गण्डकी अञ्चलको पोखरा, कोशी अञ्चलको इटहरी र नारायणी अञ्चलको वीरगञ्जको पनि राजश्व संकलन गरिरहेको छ ।

त्यस्तै बैंकले परराष्ट्र मन्त्रालय राहदानी विभाग, महानगरीय ट्राफिक प्रहरी प्रभाग, त्रिभुवन विश्वविद्यालय र्कीर्तिपुर, अध्यागमन विभाग, उद्योग विभाग परिसर तथा आन्तरिक राजश्व विभागको धरान, जनकपुर, लाहान र तुल्सीपुर, दाङको कार्यालय लगायतका सरकारी कार्यालयहरुमा पनि राजश्व संकलन सेवा प्रदान गर्दै आइरहेको छ । 

ग्लोबल आइएमई बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पु¥याउने उद्देश्यले १३१ शाखा, १३२ एटिएम, ५ एक्सटेन्सन काउण्टर, १५ राजश्व संकलन काउण्टर, १०० शाखा रहित बैंकिङ्ग सेवा र देश बाहिर ३ प्रतिनिधि/सर्म्पक कार्यालय माफर्त आफ्ना ९ लाख भन्दा बढी ग्राहकहरु माझ सेवा प्रदान गर्दै आइरहेको छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।