बीमा विद्येयक शुक्रबार संघीय संसदमा प्रस्तुत हुने

Jul 27, 2018 Merolagani

बीमा विद्येयक २०७५ शुक्रबार संघीय संसदमा प्रस्तुत हुने भएको छ । आज दिउसो १ बजे बस्ने संघीय संसदको बैठकमा अर्थमन्त्री डा. युवराज खतिवडाले बीमा विद्येयक प्रस्तुत गर्ने कार्युसूची रहेको छ ।

यसअघि गत साउन ३ गते बीमा विद्येयक संसदमा प्रस्तुत गर्ने कार्यसूची रहेको भएपनि विपक्षी दल नेपाली कांग्रेसको अवरोधले गर्दा बैठक स्थगित भएको थियो ।

हालको बीमा समितिलाई प्राधिकरणमा रुपान्तरण गर्ने गरी बीमा सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक संसदमा प्रस्तुत गर्न लागिएकोे हो ।

बीमा ऐन लागु भएपछि बीमा समितिको संचालक समिति समेत स्वतः खारेजी हुने विद्येयकमा उल्लेख छ ।
विद्ययेक यस अघि नै मन्त्री परिषदवाट पारित भएर संसदमा दर्ता भइसकेको छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।