माछापुच्छ्रे बैंक व्यवसाय विस्तारमा आक्रमक एक साथ शुभारम्भ गर्यो ८ नयाँ शाखा

Jul 27, 2018 Merolagani

माछापुच्छ्रे  बैंक लिमिटेडले देशका विभिन्न स्थानमा एकसाथ ८ शाखा कार्यालयको औपचारिक सुरुवात गरेको छ । यो संगै बैंकको कुल शाखा संञ्जाल ८६ पुगेको छ । संचालनमा ल्याइएका नयाँ शाखा मार्फत बैंकले आफ्ना ग्राहकहरुलाई कर्जा, निक्षेप लगायतका सम्पुर्ण बैकिङ्ग सुबिधा उपलब्ध गराएको छ ।

बैंकले मोरङ्गको जहदा गाउँपालिका स्थित जहदा शाखा कार्यालय, सुनसरीको धरान उपमहानगरपालिका स्थित धरान शाखा कार्यालय, भोजपुरको भोजपुर नगरपालिका स्थित भोजपुर शाखा कार्यालय शुभारम्भ गरेको जनाएको छ ।

त्यस्तै रौतहटको चन्द«पुर नगरपालिका स्थित चन्द्रपुर शाखा कार्यालय, रौतहटकै वृन्दावन गाउँँपालिका स्थित वृन्दावन शाखा कार्यालय, डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका स्थित डोल्पा शाखा कार्यालय, भोजपुरको टेम्केमैयुङ गाउँँपालिका स्थित टेम्केमैयुङ शाखा कार्यालय, र उदयपुरको कटारी नगरपालिका स्थित कटारी शाखा कार्यालयहरुको औपचारिक सुरुवात गरेको हो

यसका साथै, धरान, भोजपुर, चन्द्रपुर  र कटारी शाखाहरुमा २४ घण्टा नै रकम झिक्न सकिने आफ्नै एटिएमको सुबिधा समेत उपलब्ध गराएको बैंकले बताएको छ ।

बैकले २०७४ साल चैत्र मसान्तसम्म ६८ अर्व निक्षेप संकलन गरी ६२ अर्व कर्जा प्रवाह गरेर सोही अबधिमा ८१ करोड खुद मुनाफा गरेको छ ।

बैकले पुर्वमा झापा देखि पश्चिममा कन्चनपुर साथै हिमाल देखि पहाड, र तराईसम्म आफ्ना ८६ वटा शाखाहरु, २ वटा एक्स्टेन्सन काउन्टरहरु लगायत २१ शाखा रहित बैकिङ्ग सेवा समेत गरी जम्मा १०९ स्थानवाट ग्राहक महानुभावहरुमा सम्पुर्ण बैकिङ्ग सुबिधा प्रदान गरीरहेको छ । साथै, बैंकको देशभर ९९ वटा एटीएमहरु सञ्चालनमा रहेको छ ।

 

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।