आर्थिक बर्ष २०७३/७४ मा कुन वाणिज्य बैंकले कति बाँडे लाभांश ?

Jul 28, 2018 Merolagani

आर्थिक बर्ष २०७३/७४ मा २८ वाणिज्य बैंकमध्ये २१ ले आफ्ना शेयरधनीहरुलाई लाभांश वितरण गरेका छन् । जसमध्ये सात बैंकहरुले बोनस शेयर मात्रै वितरण गरेका छन् भने १४ बैंकहरुले बोनस शेयर तथा नगद लाभांश वितरण गरेका छन् ।

लाभांश घोषणा गरेका धेरै वाणिज्य बैंकले साधारण सभाबाट सो लाभांश पारित गराएर वितरण पनि गरिसकेका छन् भने केहीले भने साधारण सभाबाट पारित गराए पनि वितरण गर्न बाँकी छ ।

आर्थिक वर्ष २०७३/७४ को नाफाबाट तीन वाणिज्य बैंकले बोनस प्रस्ताव गरेका छैनन् भने कुमारी बैंकले बाेनस प्रस्ताव गर्न अझै बाँकी रहेकाे छ । 

नेपाल बैंक, प्रभु बैंक र एनसीसी बैंकले सञ्चित जगेडा नोक्सानीमा रहेका कारण बोनस वितरण नगरेका हुन् । नेपाल बैंक र प्रभु बैंकले भने बोनस विना नै साधारण सभा सम्पन्न गरिसकेका छन् ।  

तीन वाणिज्य बैंकहरु कुमारी, सिभिल र एनसीसी बैंकले अहिलेसम्म आर्थिक वर्ष २०७३/७४ को साधारण सभा आह्वान गरेका छैनन् । एनएमबि बैंकले बल्ल साउन ३१ गते साधारण सभा आह्वान गरेको छ ।

सिभिल बैंकले गत असार ६ गते १०.२५ प्रतिशत बोनस प्रस्ताव गरेपनि अहिलेसम्म साधारण सभा आह्वान गरेको छैन । साउन ३१ गते साधारण सभाको गर्ने तयारी गरेको एनएमबी बैंकले पनि १५ प्रतिशत बोनश तथा ०.७९ नगद लाभांश वितरण गर्ने तयारी गरेको छ ।

कुमारी बैंकले पनि हालसम्म बोनस घोषणा गरेको छैन । बैंकले २० प्रतिशत हकप्रदपछि कायम हुने चुक्ता पूँजी ७ अर्ब १६ करोड ३३ लाख ९४ हजारबाट बोनस वितरण गरेर राष्ट्र बैंकले तोकेको न्यूनतम चुक्ता पूँजी आठ अर्ब पुर्याउने योजना छ । यसअनुसार बैंकले कम्तिमा ११.६८ प्रतिशत बोनस वितरण गर्नुपर्ने देखिन्छ ।

आर्थिक बर्ष २०७३/७४ को नाफाबाट स्टाण्डर्ड चार्टर्ड बैंकले आफ्ना शेयरधनीलाई सबैभन्दा बढी १०० प्रतिशत बोनश शेयर वितरण गरेको छ । त्यस्तै बैंकले ५.२६ प्रतिशत नगद लाभांश समेत वितरण गरेको छ ।

नबिल बैंकले ३० प्रतिशत बोनश शेयर र १८ प्रतिशत नगद लाभांश वितरण गरेको छ । नेपाल इन्भेष्टमेन्ट बैंकले १५ प्रतिशत बाेनस तथा २५ प्रतिशत नगद लाभांश तथा एभरेष्ट बैंकले ३३ प्रतिशत बोनश शेयर तथा १.७४ प्रतिशत नगद लाभांश वितरण गरेकाे छ ।

प्राइम बैंकले २७ प्रतिशत,हिमालयन बैंकले २५ प्रतिशत बोनश शेयर र १.३१ प्रतिशत नगद लाभांश,कृषि विकास बैंकले २० प्रतिशत बोनश शेयर बाँडेकाे छ ।

आर्थिक बर्ष २०७३/७४ को नाफाबाट एनआईसी एशिया बैंकले २० प्रतिशत बोनश शेयर र १.०५ प्रतिशत नगद वितरण गरेको छ । २० औं साधारण सभाले पारित गरेको सो बोनस बैंकले वितरण पनि गरिसकेको छ ।

ग्लोबल आईएमई बैंकले १० प्रतिशत बोनस शेयर र १० प्रतिशत नै नगद लाभांश वितरण गरेको छ ।सिटिजन्स् बैंक इन्टरनेशनलले १६ प्रतिशत बोनश शेयर र ०.८५ प्रतिशत नगद, नेपाल एसबिआई बैंकले १५.४२ प्रतिशत बोनश शेयर र ०.८१ प्रतिशत नगद लाभांश, सानिमा बैंकले १८ प्रतिशत, नेपाल बंगलादेश बैंकले १२ प्रतिशत बोनश शेयर र ३.७९ प्रतिशत नगद लाभांश, र एनएमबि बैंकले १५ प्रतिशत बाेनस तथा ०.७९ प्रतिशत नगद लाभांश वितरण गर्ने भएकाे छ ।

यस्तै माछापुच्छ्रे बैंकले ९ प्रतिशत बोनश शेयर र ६ प्रशित नगद वितरण गरेको छ । सनराईज बैंकले आफ्ना शेयरधनीहरुलाई १५ प्रतिशत बाेनस, जनता बैंकले १४.४० प्रतिशत बोनस, सिद्धार्थ बैंकले १४ प्रतिशत बाेनस र  बैंक अफ काठमाण्डूले १३.२५ प्रतिशत बाेनस वितरण गरेका छन् ।

यसैगरी सिभिल, मेगा,लक्ष्मी र सेञ्चुरी बैंकले १० प्रतिशत लाभांश वितरण गर्ने भएका छन् । सिभिल बैंकले १०.२५ प्रतिशत र बाेनसमा लाग्ने कर प्रयाेजनका लागि ०.२५ प्रतिशत नगद लाभांश प्रस्ताव गरेकाे छ ।

टुरिजम् डेभलपमेन्ट बैंकसँग मर्जर गरेकाे मेगाले १०.७५ प्रतिशत बाेनस ,लक्ष्मी बैंकले १० प्रतिशत बोनश शेयर र ०.५३ प्रतिशत नगद लाभांश, र सेञ्चुरी कमर्सियल बैंकले ५ प्रतिशत बोनश शेयर र ५ प्रतिशत नै नगद लाभांश वितरण गरेको छ । 

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।