सिद्धार्थ इक्वीटीले नाभ बढाउँदा ओरेन्टेड स्कीमको के छ अवस्था ?

Jul 29, 2018 Merolagani

सिद्धार्थ बैंकको सहायक कम्पनी सिद्धार्थ क्यापिटलले सञ्चालन गरेको सिद्धार्थ म्युचुअल फण्ड अर्न्तगत सञ्चालित सिद्धार्थ इक्वीटी फण्डले घट्दो बजारमा पनि प्रति इकाई खुद मूल्य (NAV) मा सुधार गरेको छ भने सिद्धार्थ इक्वीटी ओरियन्टेड स्कीमको घटेको छ ।

सिद्धार्थ इक्वीटी फण्ड

एक अर्ब ५० करोड रुपैयाँ आकारको सिद्धार्थ इक्वीटी फण्ड (SEF) ले गत जेठ मसान्तको तुलनामा आफ्नो खुद सम्पत्ति एक अर्ब ५२ करोड २६ लाख ९ हजार ३७८ बाट एक अर्ब ५२ करोड ७३ लाख ८८ हजार पुर्याएको छ ।

फण्डले ४७ लाख ७८ हजार ६२२ रुपैयाँ खुद सम्पत्ति बढाएपश्चात नाभ ३ पैसाले बढेको हो । गत जेठमा १० रुपैयाँ १५ पैसा रहेको इक्वीटी फण्डको नाभ १० रुपैयाँ १८ पैसा कायम भएको छ ।

असार मसान्तसम्म इक्वीटी फण्डको कूल आम्दानी दुई करोड ७३ लाख ८८ हजार रुपैयाँ रहेको छ ।

जेठ महिनाको तुलनामा फण्डको आम्दानी ४७ लाख ७८ हजार रुपैयाँले बढेको हो । जेठ अन्त्यमा फण्डले दुई करोड २६ लाख ९ हजार रुपैयाँ आम्दानी गरेको थियो ।

इक्वीटी फण्डले ५२ वटा सूचीकृत कम्पनीहरुमा २३ करोड ९२ लाख २८ हजार रुपैयाँ लगानी गरेको छ ।

त्यस्तै सार्वजनिक निष्काशन, हकप्रद सेयर र बोनस सेयरमा ७ करोड ७ लाख ९६ हजार र ऋणपत्रमा ६० लाख ४२ हजार ९९० रुपैयाँ लगानी छ ।

इक्वीटी फण्डले १५ करोड रुपैयाँ मुद्धती निक्षेप र एक अर्ब चार करोड ४० लाख ८३ हजार रुपैयाँ बैंक निक्षेप राखेको छ ।

सिद्धार्थ इक्वीटी ओरियन्टड स्कीम

एक अर्बको सिद्धार्थ इक्वीटी ओरियन्टड स्कीम (SEOS) को खुद सम्पत्ति एक अर्ब १८ करोड एक लाख २२ हजार २५ रुपैयाँबाट एक अर्ब १५ करोड ४० लाख ८३ हजार ७११ रुपैयाँमा घटेको छ ।

फण्डको खुद सम्पत्ति दुई करोड ६० लाख ३८ हजार ३१४ रुपैयाँले घट्दा नाभमा २६ पैसाको ह्रास आएको छ । गत जेठमा ११ रुपैयाँ ८० पैसा रहेको ओरियन्टेड स्कीमको नाभ असार मसान्तमा ११ रुपैयाँ ५४ पैसामा झरेको हो ।

कूल आय ऋणात्मक रहेको ओरियन्टड स्कीमको आय जेठमा भन्दा आसारमा दुई करोड ६० लाख ३८ हजार रुपैयाँले नोक्सानी बढेको छ । जेठ महिनामा १० करोड ९९ लाख ६० हजार रुपैयाँ नोक्सानीमा रहेकोमा असार मसान्तसम्ममा १३ करोड ५९ लाख ९८ हजार पुगेको हो ।

ओरियन्टड स्कीमले ७४ सूचीकृत कम्पनीमा ५९ करोड २० हजार रुपैयाँ लगानी गरेको छ । सार्वजनिक निष्काशन, हकप्रद सेयर, बोनस सेयरमा ५ करोड ४३ लाख ३९ हजार रुपैयाँ तथा ऋणपत्र तथा बन्डमा तीन करोड २० लाख ४२ हजार रुपैयाँ लगानी गरेको छ ।

यस फण्डले मुद्धती निक्षेपमा दश करोड तथा ३६ करोड ७१ लाख ९३ हजार रुपैयाँ बैंक निक्षेप राखेको छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।