प्रगतिको 'वे' समात्दै हाथवे फाइनान्स,यसरी आयो खुद नाफामा वृद्धि

Jul 30, 2018 Merolagani

तत्कालिन अरुण फाईनान्सको व्यवस्थापन सम्हाल्न आएको हाथवे समूहले फाइनान्सलार्इ सुधार्न धेरै प्रयास गरेपनि आम जनमानसमा त्यसको परिणाम आउन सकेको थिएन। तर गत आवको चौथो त्रैमासमा भने फाइनान्सले देखिने गरि प्रगति गरेकाे छ। खराब कर्जा असुलीमा ध्यान केन्द्रित गरेको फाइनान्सले यसबाट नै हाथवे फाइनान्स (HATH) लाई पाँच करोड ६६ लाख रुपैयाँ खुद नाफामा पुर्याएको छ ।

हाथवे फाईनान्सले सोमबार प्रकाशित गरेको आर्थिक बर्ष २०७४७५ को चौथो त्रैमासिक वित्तीय विवरणमा फाइनान्सले धेरै सूचांकमा छलाङ्ग मारेको छ । 

अघिल्लो बर्ष ७० प्रतिशत रहेको फाइनान्सको खराब कर्जा अनुपात ४.३७ प्रतिशतमा कायम भएको छ । जुन राष्ट्र बैंकले तोकेको मापदण्ड भित्र हो । त्यसैगरि तीन करोड ६३ लाखको निक्षेप संकलन बढाएर ३० करोड ५० लाख रुपैयाँ पुरयाएको छ भने एक करोड ९४ लाखको लगानी बढाएर २८ करोड २९ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

यसबाट फाइनान्सले ४ करोड ४१ लाख ब्याज आम्दानी गरेको छ । अघिल्लो बर्ष फाइनान्सले ५३ लाख मात्र ब्याज आम्दानी गरेको थियो । समीक्षा अवधिमा फाइनान्सले ३ करोड ३८ लाख खुद ब्याज आम्दानी गरेको छ ।

फाइनान्सको अन्य सञ्चालन खर्च र कर्मचारी खर्चमा उल्लेख्य बढोत्तरी भएको छ । अघिल्लो बर्ष ५७ लाख रहेको अन्य सञ्चालन खर्च ६ करोड ३३ लाखमा पुगेको छ भने ३६ लाख रहेको कर्मचारी खर्च एक करोड पाँच लाखमा बढोत्तरी भएको छ । समस्याग्रस्त रहँदा भन्दा कर्मचारी र खर्च नभएकाले थोरै रहने र नियमित सञ्चालनमा खर्च बढ्नुलाई स्वभाविक मान्न सकिएपनि यसमा कटौती गर्न भने आवश्यक देखिन्छ ।

एक करोड ८१ लाख सञ्चालन घाटामा रहेको कम्पनीले आठ करोड चार लाख रुपैयाँ भाका नाघेको कर्जा असुली गर्दा फाइनान्सको खुद नाफा २८७ प्रतिशतले बढाएको हो । अघिल्लो बर्षका असार मसान्तसम्म फाइनान्सले जम्मा एक करोड ४६ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

फाइनान्सले १३ करोड ९२ लाख ऋणात्मक रहेको जगेडा कोष पाँच करोडले सुधार गरेर ७ करोड ९२ लाखमा झारेको छ । यद्यपि आगामी बर्ष पनि शेयरधनीले लाभांश बाँड्न भने सम्भव हुने देखिन्न ।

राष्ट्र बैंकबाट २०७३ माघमा समस्याग्रस्त संस्थाबाट फुकुवा भएको अरुण फाईनान्सको बहुमत स्वामित्व हाथवेले किनेपश्चात संस्थाको पुरानो छबी सुधार्नका फाइनान्सको नाम परिवर्तन गरेर आफ्नै ब्राण्डमा सञ्चालनमा ल्याएको थियो ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।