एचआइडिसिएलको शेयर कारोबारमा इन्साईडर ट्रेडिङ, नेप्सेले गर्ला त कारबाही ?

Jul 30, 2018 Merolagani

जलविद्युत लगानी तथा विकास कम्पनी लिमीटेड (HIDCL)ले हकप्रद प्रस्तावको सूचना ढिलो प्रकाशित गर्दा शेयर बजारमा चलखेल भएको छ।कम्पनीले हकप्रदको निर्णय गर्नु अगावै सूचना बाहिरिँदा दोस्रो बजारमा इन्साईडर ट्रेडिङ्ग गर्नेहरुलाई सहयोग पुर्याएको पाईएको छ ।

कम्पनीको श्रावण ११ गते शुक्रबार बसेको सञ्चालक समितिको बैठकले हाल कायम पूँजीको एक बराबर एक अनुपातमा हकप्रद शेयर बिक्री गर्ने निर्णय गरेको थियो । तर उक्त सूचना श्रवाण १४ गते सोमबार मात्र नेप्सेको वेवसाइट मार्फत सार्वजनिक गरियो । 

कम्पनी सञ्चालक समितिले श्रावण ११ गते हकप्रदको निर्णय गरेको भएपनि शेयरबजार भने यस सम्बन्धि सूचना त्यो भन्दा अगाडि नै चुहिएको संकेत कम्पनीको कारोबारको ट्रेन्डले देखाएको छ ।

बैंक ब्याजमै रमाएको जलविद्युत कम्पनीले पनि बोकाउने भयो हकप्रदको भार

बीचमा एक दिन बाहेक श्रावण ७ गतेदेखि नै कम्पनीको कारोबार र मूल्य निरन्तर बढ्न सुरु भएकाले कम्पनीको सञ्चालक समितिमै निर्णय गर्नु अगावै शतप्रतिशत हकप्रदकाे सूचना चुहिएको प्रष्ट हुन्छ ।

 

कम्पनीले औपचारिक निर्णय सार्वजनिक गर्नु पूर्व नै शतप्रतिशत हकप्रद र आठ प्रतिशत बोनस आउने सूचनाले शेयर बजारमा चलखेल गर्नेहरुले राम्रो मौका पाएका थिए ।

यसबीचमा कम्पनीको शेयरमूल्य पनि प्रतिकित्ता १५४ रुपैयाँबाट बढेर १७६ रुपैयाँसम्म पुगेको देखिन्छ । औपचारिक निर्णय सार्वजनिक भएकै दिन कम्पनीको शेयर मूल्य घटेर उच्च कारोबार हुनुले पनि पूर्व सूचना पाउनेहरुले शेयर बिक्री गरेको संकेत गर्छ ।

एक त कम्पनीको सञ्चालक समितिबाट निर्णय हुनुपूर्व बजारमा चलखेल देखिनु र अर्को शुक्रबार भएको निर्णय सोमबार मात्र सार्वजनिक गरिनुले पनि बजारमा कम्पनीमा सूचनाको पहुँच राख्नेहरुबाटै भित्री कारोबार हुनसक्ने आँकलन गर्न सकिन्छ ।

 

नेप्सेले गर्ला त कारबाही ?

यता नेप्से स्रोतले पनि एचआइडिसिएलले श्रावण १४ गते सोमबार मात्रै हकप्रद सम्बन्धी सूचना नेप्सेमा पठाएको पुष्टि गरेको छ । कम्पनीले किन ढिलागरी शेयरमूल्यमा प्रभावित पार्ने सूचना नेप्सेमा पठायो यस बिषयमा कम्पनीलाई स्पष्टीकरण सोध्ने भएको छ ।

'सुरुमा हामी स्पष्टिकरण सोध्छौ चित्तबुझ्दो जवाफ नआएमा कम्पनीको आधिकारिक निर्णय आउनु अगावैको कारोबार रद्ध गरी छानबिन हुन्छ', नेप्सेका एक अधिकारीले भने । नेप्सेले कम्पनीको कारोबार रोक्का समेत गर्न सक्छ । यस बिषयमा नेप्सेमा कुनै आधिकारीक निर्णय नभएको ती अधिकारीले बताए ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।