शेयर बजारमा सामान्य सुधार, २२ करोडको कारोबार

Aug 01, 2018 Merolagani

दिनभर उतारचढाबपूर्ण रहेको बुधबारको शेयर बजार परिसूचक नेप्से सामान्य बढेको छ । यसदिन १५४ कम्पनीको २२ करोड बढीको शेयर किनबेच भयो ।  सामान्य गति लिएको सेयर बजार २.४० अकंले बढेर ११९३.८७ अंकमा पुगेको छ ।

बुधबारको सेयर बजारमा ७ लाख ६६ हजार ७८९ कित्ता सेयर २२ करोड रुपैयाँमा खरिद बिक्री भएको छ । मंगलबार १६ करोड ७७ लाख रुपैयाँको कारोबार भएको थियो । 

कारोबारमा आएका दश उपसूचक मध्ये र्निजीवन बीमा समुहको सुचक ३२.४१ अंक र जीवन बीमा सुचक २८.८४ अंक बढेको छ । त्यस्तै होटल समुहको सुचक ११.२५ अंकले बढेको छ ।

माइक्रोफाइनान्स, बैंकिङ्ग, डेभलपमेन्ट बैंक,उत्पादनमुलुक समुहको सुचकमा सामान्य सुधार आएको छ । यता, अन्य समुहको सुचक ४.७२ अंकले घटेको छ भने फाइनान्स समुह ३.७ अंक र हाइड्रोपावर समुहको सुचकमा ०.५६ अंकको सेयर मुल्यमा ओरालो लागेको छ ।

त्यसैगरी बुधबारको सेयर बजारमा सबै भन्दा धेरै नेको ईन्स्योरेन्सको संस्थापक तर्फको एक लाख ८५ हजार ३५६ कित्ता सेयर चार करोड ४८ लाख ५८ हजार रुपैयाँमा किनबेच भयो । एनएमबि बैंकको दुई करोड ८८ लाख रुपैयाँको कारोबार भएको हो ।

बुधबार सबै भन्दा धेरै सेन्ट्रल फाइनान्सको सेयर मूल्य ५.४५ प्रतिशतले बृद्धि भएको छ । लुम्बिनी विकास बैंकको ४.७३ प्रतिशत, सिद्धार्थ ईन्स्योरेन्सको ३ं.५१ प्रतिशतले सेयर मूल्य बढेको हो ।

गुमाउने कम्पनीहरु मध्ये सिटि एक्पे्रस फाईनान्सको ९.४८ प्रतिशतले सेयर मूल्यमा ह्रास आएको छ । प्रोग्रेसिभ फाइनान्सको ५.१७ प्रतिशत, कावेली विकास बैंक ३.६८ प्रतिशत र गुडविल फाइनान्सको ३.१४ प्रतिशतले सयर मूल्य ओरालो लागेको हो ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।