स्थानीयबासीका लागि आँखु खोलाको ८ करोडको आईपिओ खुल्यो

Aug 02, 2018 Merolagani

आँखु खोला हाइड्रो पावर कम्पनी (AKHCL) ले साउन १७ गतेदेखि साधारण शेयर (आईपिओ) बिक्री खुला गरेको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्र धादिङ्गका स्थानीय बासिन्दाका लागि ८ करोड रुपैयाँ बराबरको ८ लाख कित्ता आइपिओको निष्काशन गरेको हो ।

कम्पनीले पहिलो चरणमा जारी पूँजी ८० करोडको दश प्रतिशतले हुने शेयर उद्योग प्रभावित क्षेत्र धादिङ्गका सम्पूर्ण बासिन्दाको लागि बिक्री खुला गरेको हो । यस आईपिओमा स्थानीयले साउन १७ गतेदेखि छिटोमा साउने ३१ गतेसम्म तथा ढिलोमा भदौ १५ गतेसम्म आवेदन गर्न पाउनेछन् ।

शेयर निष्काशन तथा बिक्री प्रबन्धक सिभिल क्यापिटल मार्केटका अनुसार आयोजना प्रभावितले उक्त आइपिओमा कम्तिमा ५० कित्ता र बढीमा चार हजार कित्ता सम्मका लागि आवेदन दिन पाउनेछन् । तर स्थानीयले शेयर खरिद गरेमा शेयर बाँडफाँड भएको मितिले ३ बर्षसम्म बिक्री वा हस्तान्तरण गर्न भने पाउने छैनन् ।

 यी ठाउँबाट गर्न सकिन्छ अावेदन

इच्छुक आवेदकले आँखु खोला हाइड्रो पावर कम्पनीको आयोजना स्थलको कार्यालय त्रिपुरासुन्दरी गाँउपालिका ४ रिङनेबजार र धादिङमा सञ्चालनमा रहेका मुक्तिनाथ विकास बैंक, सिभिल बैंक र प्रभु बैंकका शाखा कार्यालय मार्फत आवेदन दिन सक्नेछन् ।

 

इक्रा नेपालले आँखु खोला जलविद्युत कम्पनी लिमीटेडको आईपिओ ग्रेड फाइभको ग्रेडिङ्ग प्रदान गरेको छ । यसको अर्थ यो कम्पनीको अवस्था औसत भन्दा कमजोर रहेको जनाउँछ ।

कम्पनीले स्थानीयलाई शेयर बिक्री गरेपछि आम सर्वसाधारणका लागि १२ करोड बराबरको १२ लाख कित्ता आईपिओ जारी गर्नेछ । हाल कम्पनीको चुक्ता पूँजी ६० करोड रुपैयाँ रहेको छ । आईपिओपछि बढेर ८० करोड पुग्नेछ ।

यस कम्पनीबाट प्रर्वद्धित आँखुखोला–१ जलविद्युत आयोजना निर्माण सम्पन्न भई २०७० साल भाद्र ८ गतेदेखि व्यवसायिक उत्पादन सुरु भैसकेको छ । कम्पनीबाट निर्माण सम्पन्न भई सञ्चालनमा रहेको जलविद्युत आयोजनाको क्षमता ८.४ मे.वा. रहेको छ ।

आयोजनाको कुल लागत २४२.७३ करोड रहेको छ । जसको प्रतिमेगावाट लागत २८.८९ करोड रहेको छ । आयोजनाले साधारण लगानी फिर्ता हुने समयवधि झण्डै ९ बर्ष राखेको छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।