भिबोर क्यापिटलमा नयाँ सञ्चालक समिति गठन,तुलसी प्रसाद उप्रेती बने अध्यक्ष

Aug 05, 2018 Merolagani

भिबोर क्यापिटल (VCL) मा नयाँ लगानीकर्ताको प्रवेश भएको छ । लुम्बिनी विकास बैंकको पूर्ण स्वामित्वमा रहेको क्यापिटलमा बैंक र नयाँ लगानीकर्ता बीच भएको सम्झौता अनुसार बैंकको बहुसंख्यक शेयर नयाँ लगानीकर्ता समुहले किनेको छ ।

भिबोर विकास बैंकको सहायक कम्पनीको रुपमा ८ वर्ष पहिला स्थापना भएको यस क्यापिटल विगत तीन वर्षदेखि सञ्चालन नाफामा रहेकोमा अगामी वर्षदेखि राम्रो व्यवसाय गरि खुद नाफामा जाने प्रक्षेपण गरिएको छ । निजी क्षेत्रबाट थप भएका शेयरधनीका तर्फबाट समेत गरि साउन १४ गते बाट लागुहुने गरि नयाँ संचालक समिति गठन गरिएको हो । 

नयाँ लगानीकर्ताबाट प्रतिनिधित्व गरेका तुलसी प्रसाद उप्रेती राष्ट्र बैंकमा अध्यक्षमा चयन भएको छन् । अध्यक्ष उप्रेती नेपाल राष्ट्र बैंकमा ३० वर्ष सेवा पुरा गरि कार्यकारी निर्देशक पदबाट अवकाश भएका थिए ।

उप्रेतिसँग राष्ट्रिय वाणिज्य बैंक, राष्ट्रिय बीमा संस्था, नेपाल बंगलादेश बैंकमा सञ्चालक र पश्चिमाञ्चल ग्रमिण विकास बैंकमा अध्यक्ष पदको समेत कार्याअनुभव रहेको छ ।

क्यापिटलका, सञ्चालकमा आदर्श राज पाण्डे, र लुम्बिनी बिकास बैंक तर्फबाट दिपक खड्का तथा हरि कृष्ण सुबेदी रहेको छन् । त्यसैगरि संयुक्त राज्य अमेरिका र थाइल्याण्डमा वित्तिय व्यवस्थापनमा उच्च शिक्षा हासिल गरी राष्ट्रिय तथा अन्तराष्ट्रिय संस्थामा कार्य गरिसकेका सौरभ तिमिल्सिना प्रमुख कार्यकारी अधिकृत नियुक्त भएका छन् ।

comments powered by Disqus

पूँजीबजारका लगानीकर्ताको आन्दोलन स्थगित

Apr 28, 2024 07:06 AM

आजदेखि शुरु हुने भनिएको पूँजीबजारका लगानीकर्ताहरुको आन्दोलन स्थगित भएको छ। पूँजीबजार सुधार तथा विकासका माग राखि गर्न लागिएको आन्दोलन स्थगित भएको जानकारी पूँजीबजार सुधार संघर्ष समितिका संयोजक उपेन्द्र पाठकले जानकारी दिएका छन्।