वोमी माइक्रोफाईनान्सको लिलामी शेयरमा बोलपत्र पेश गर्ने आज अन्तिम दिन

Aug 07, 2018 Merolagani

वोमी माइक्रोफाईनान्स (WOMI) को लिलामी शेयरमा बोलपत्र पेश गर्ने मंगलबार अन्तिम दिन रहेको छ । इच्छुकले आज कार्यालय समय भित्र बोलपत्र पेश गर्न सक्नेछन् । कम्पनीले संस्थापक र साधारण गरि ११ हजार ५४४ कित्ता शेयर लिलामीमा ल्याएको थियो ।

वोमीले निष्काशन गरेको ३० प्रतिशत हकप्रदमा अवितरित सेयर ७ हजार ६६२.२० कित्ता साधारण र ३ हजार ८८२.८० कित्ता संस्थापक सेयर साउन १५ गतेदेखि लिलाम बढाबढमा आवेदन खुला गरेको थियो । 

लघुवित्तको शेयर विक्री प्रबन्धक सिद्धार्थ क्यापिटलका अनुसार लिलामीमा क्यापिटको कार्यालय नारायणचौर नक्साल, वोमीको कार्यालय भरतपुर चितवन, र सिद्धार्थ बैंकको शाखा कार्यालयहरु विराटनगर ,वीरगञ्ज, पोखरा, बुटवल, नेपालगञ्ज, सुर्खेत र धनगढीबाट कार्यालय समयभित्र शिलबन्दी बोलपत्र पेश गर्न सकिनेछ ।

आर्थिक बर्ष २०७४/७५ मा माइक्रोफाइनान्सले ३ करोड ९५ लाख रुपैयाँ खुद नाफा गरेको छ । माइक्रोफाइनान्सको प्रतिशेयर आम्दानी ३९.०८ रुपैयाँ छ । मंगलबार लघुवित्तकाे सेयरमूल्य प्रतिकित्ता एक हजार ३१० रूपैयाँ हाराहारीमा काराेबार भैरहेकाे छ ।

यसरी प्रयोग गर्नुहोस डाटा एनालिटिक्स

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।